गुठी विधेयक कुनै पनि हालतमा पास हुन दिन्नौ  देउवा

Yugnepal     1129 पटक पढिएको    

गुठी विधेयक कुनै पनि हालतमा पास हुन दिन्नौ  देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको गुठी बिधेयक कुनै पनि हालतमा पास हुन नदिने दृढता व्यक्त गरेका छन् ।

हेटौंडामा नेपाल साँस्कृतिक संघको प्रशिक्षण भेलालाई सबोधन गर्दै पार्टी सभापति देउवाले कांग्रेस चुपलागेर नबस्ने चेतावनी दिए ।

गुठी नेपालको साँस्कृतिक सभ्यता भएको बताउँदै उनले सरकार जनताको स्वतन्त्र सँस्थाहरुको अधिकारलाई खोस्ने पक्षमा देखिएको आरोप लगाए ।

सभापति देउवाले मिडिया काउन्सिल विद्येयकको पनि विरोध गरे । सरकारले प्रेसमाथि आक्रमण गरेको एउटा स्वतन्त्र सँस्थालाई अंकुश लगाउन खोज्दैछ उनले भने ।दुई तिहाइ सरकारबाट जनताले गरेको आशा निरासामा परिणत भएको उनले बताए । अहिले झन हत्या, हिंसा, बलात्कारका घटनाले प्रसय पाइरहेको सभापति देउवाको भनाइ छ ।



शुक्रबार ३१, जेठ २०७६ ०८:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal