कैलालीमा - हावाहुरी १ जनाको मृत्यु, घाइतेको संख्या ३२ पुग्यो

Yugnepal     1222 पटक पढिएको    

कैलालीमा - हावाहुरी १ जनाको मृत्यु, घाइतेको संख्या  ३२  पुग्यो


धनगढी  - कैलाली र कञ्चनपुरमा विनाशकारी हावाहुरीका कारण १ जनाको मृत्यु भएको छ भने  ३२   जनाभन्दा बढी घाइते भएका छन्। 

मृत्यु हुनेमा गोदावरी नगरपालिका मझगाउँका अनुमानित २६ वर्षीय वीरबहादुर चौधरी रहेको कैलालीका एसपी सुदीप गिरीले बताए। 

घाइतेको उद्धार गरी विभिन्न अस्पताल पुर्‍याउने काम जारी रहेकाले घाइतेको संख्या बढ्न सक्ने एसपी गिरीले बताए। 

बिहिबार साँझ करिब साढे सात बजेतिर आएको हावाहुरीले धेरै घर,बाटो र बिजुलीका पोलमा क्षति पुगेको छ। 

ुहावाहुरीका कारण बिजुलीका पोल ढलेको, बाटो अवरुद्ध भएको, घरका छानो उडाएको, ढलेका रुखले गाडी थिचेको जताततै देखिएको र अहिले घाइतेको उद्धारको काम भइरहेको छ,ु एसपी गिरीले बताए । 

धनगढी उपमहानगरको ढुंगेबजार क्षेत्र हावाहुरीबाट बढी प्रभावित भएको समेत उनले जानकारी दिए। बिजुलीका पोल ढलेका कारण विद्युत सेवा समेत अवरुद्ध भएकाले उद्धारमा कठिनाइ भएको एसपी गिरीले उल्लेख गरे। 

क्षतिको थप विवरण आउन बाँकी छ। 



बिहिबार २३, जेठ २०७६ १०:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal