जेनजी आन्दोलन र नेपाल

युग संवाददाता     105 पटक पढिएको    

जेनजी आन्दोलन र नेपाल


के हो जेनजी भनेको ? 
सन् १९९७ देखि २०१२ सम्मको दशकमा जन्मिएका मानिसलाई ‘जेनरेसन जेड’ अर्थात् ‘जेनजी’ भन्ने गरिएको छ । यो उमेर समूहका ‘नेपो बेबी’ अर्थात् ‘नेपटिजम बेबी’ जुन अगुवा वा प्रसिद्धि कमाएका व्यक्तिका छोराछोरीलाई नामकरण गरिएको छ । ख्यातिप्राप्त व्यक्तिका सन्तानले आफ्नो क्षमताबाट मात्रै नभई आमाबुवाको प्रसिद्धिबाट फाइदा लिई सफलता हासिल गरेको युवा चिनिन्छन् । नेपटिजमको ल्याटिन अर्थ नेपज अर्थात् भतिजाभतिजी, भान्जाभान्जी’ नेफ्यु हुन्छ ।
राज्य सत्तामा भतिजाभतिजी, भान्जाभान्जीलगायतलाई नियुक्ति दिने सन्दर्भमा उक्त शब्द प्रचलनमा आएको थियो । न्युयोर्क पत्रिकाले सन् २०२२ को अन्त्यतिर ‘दी इयर अफ दी नेपो बेबी’ शीर्षकको मूल समाचार लेखेपछि यो शब्द बढी चर्चामा आएको थियो । गत साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरणमा आउन नमानेका सामाजिक सञ्जाल प्लेटफर्मलाई निष्क्रिय बनाउने निर्णय कार्यान्वयनमा ल्याएसँगै नेपालमा जेनजी पुस्ताले विरोधस्वरूप शान्तिपूर्ण प्रदर्शनको आयोजना गरेका थिए । प्रदर्शनमा आउनुभन्दा केही दिनअगाडिबाटै ‘जेनजी’ पुस्ताले कतिपय नेताका एवं प्रसिद्ध व्यक्तिका छोराछोरी र गरिब जनताका सन्तानका तस्बिर राखेर सामाजिक सञ्जालमा तस्बिर प्रदर्शन गर्न थालेका थिए ।

नेपालमा किन भयो जेनजी आन्दोलन ?
नेपालमा जेन जी आन्दोलन नेपालमा सामाजिक सञ्जाल प्रतिबन्ध तथा भ्रष्टाचार (विशेष गरी नातावाद र कर राजस्व जस्ता राष्ट्रिय कोषको दुरुपयोग) विरोधको पृष्ठभूमिमा वि.सं २०८२ भदौ २३ का दिनबाट देशव्यापी रूपमा सुरु भएको नेपाल सरकार विरुद्धको प्रदर्शनी र झडपहरूको शृङ्खलाबद्ध घटनाहरू हुन् जसमा जेन जी पुस्ताका नेपाली नागरिकहरूको प्रमुख भूमिका रहेको छ ।  सत्ता पक्ष तथा सत्तामा रहँदा सरकारका प्रतिनिधिहरूद्वारा गरिएका शृङ्खलाबद्ध भ्रष्टाचारको विरोध र सरकारको नयाँ नियम अन्तरगत दर्ता हुन नआएका फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, एक्स (ट्विटर), युट्युब सहित २६ प्रमुख सामाजिक सञ्जालहरू माथि सरकारले प्रतिबन्ध लगाएपछि यो आन्दोलन देशव्यापी रूपमा सुरु भएको थियो । 

२९ भदौ २०८२ सम्म, विरोध प्रदर्शनमा मृत्यु हुनेको कुल सङ्ख्या ७२ पुगेको थियो, जसमा ५९ प्रदर्शनकारी, १० कैदीबन्दी, ३ प्रहरी अधिकारी थिए । 
सरकारले शाहदत प्राप्त गरेकाहरूलाई सहिद घोषणा गर्दै प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने घोषणा गरेको थियो । 
यो मुख्यतः नेपाल सरकारले १२ भदौ २०८२ सम्ममा नेपालमा दर्ता हुन नआएका सामानजिक सन्जाल बन्द गर्ने घटनासँग सम्बन्धित विषय हो  । मन्त्रिपरिषद्को ९ भदौको निर्णय अनुसार  “एक साता भित्र सूचना तथा सञ्चार मन्त्रालयमा दर्ता गर्ने आह्वान गरिने र त्यसपछि दर्ता नगरेको सामाजिक सञ्जाल निष्क्रिय गरिने“ रहेको थियो  । जस पश्चात क्रमशः २६ सामाजिक सन्जालहरू निष्क्रिय पार्दै लगिएका थिए ।  यस सम्बन्धी कुनै पनि कानुनी व्यवस्था नरहेको र अभिव्यक्ति स्वतन्त्रता माथि असर पुग्ने सरोकारवालाहरूको धारणा रहेको थियो । नतिजा स्वरुप २३ भदौ २०८२, सोमबारमा, जेन जीले सामाजिक सञ्जाल माथिको प्रतिबन्धको लागि मात्र विरोध नभइ समग्र भ्रष्टाचारको विरोधमा रहेको जनाउँदै देशका विभिन्न शहरहरूमा दिनभर प्रदर्शन गरिरहे ।  सोही दिन नेपालका प्रमुख शहरहरूमा प्रदर्शन भए भने राजधानी काठमाडौँमा हिंसात्मकरुपमा  आन्दोलन सुरु भएको थियो ।  आन्दोलनका क्रममा देशभर १९ जनाको मृत्यु भएको र ३४७ भन्दा बढी घाइते भएका समाचारहरू प्राप्त भए । 
आन्दोलनको दोस्रो दिन, २४ भदौ २०८२, मङ्गलबार थप विरोध प्रदर्शनी कायम रही मुख्य सरकारी सरकारी भवन र कार्यालयहरूमा तोडफोड र आगजनी गरका थिए । 
किन भयो  आन्दोलन ?
नेपाल सरकारले “विद्युतीय कारोबार ऐन, २०६३“ को दफा ७९ अनुसार ११ मङ्सिर २०८० सालमा “सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका“  नेपाल सरकारले जारी गरेको थियो ।   निर्देशिक अनुसार, नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जालहरू अनिवार्य रूपमा दर्ता (सूचीकरण) गर्नुपर्ने व्यवस्था गरिएको थियो ।  साथै, सामाजिक सञ्जालमा प्रयोगकर्ताले गरेको अभिव्यक्तिका आधारमा फौजदारी अभियोगमा कारबाही गर्न सकिने प्रावधान  समावेश गरिएको थियो ।  निर्देशिकाले सामाजिक सञ्जालको प्रयोगलाई नियमन र व्यवस्थापन गर्ने उद्देश्य राखेको थियो । 

१२ चैत २०८१ मा नेपाल सरकारले सूचना जारी गर्दै, सबै सामाजिक सञ्जालहरूलाई सञ्चार मन्त्रालयमा सूचीकृत (दर्ता) हुन निर्देशन दिएको थियो ।  सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सामाजिक सञ्जालहरूले निर्देशिन पालना गरेनन् भने उनीहरूलाई नेपालमा सञ्चालनमा प्रतिबन्ध लगाइने स्पष्ट चेतावनी पनि दिएको थियो ।
२० भदौ २०८२ मा, नेपाल सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई दर्ता हुन नआएका सामाजिक सञ्जाल बन्द गर्न पत्र लेखेपछि निर्देशनको पालना गर्दै प्राधिकरणले २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सूची प्रकाशित गरेको थियो । सूचीमा समावेश सञ्जालहरूमा; फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स, लिङ्क्डइन, स्न्यापच्याट, रेडिट, डिस्कोर्ड, पिनटेरेस्ट, सिग्नल, थ्रेड्स, विच्याट, कुओरा, टम्ब्लर, क्लबहाउस, मास्टोडन, रम्बल, भिके, लाइन, इमो, झालो, सोल र हाम्रो पात्रो रहेका थिए । 
विगतका घटना
कात्तिक २०८०, मा सरकारले सामाजिक सद्भावमा प्रतिकुल असर पारेको कारण देखाउँदै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । तर, पछि यसको मातृ कम्पनी बाइटडान्सले नेपाल सरकारका नियम तथा प्रक्रिया पालना गर्ने वाचा गरेपछि साउन २०८१, नेपाल सरकारले  प्रतिबन्ध हटाइएको थियो । त्यसैगरी असार २०८१, मा टेलिग्राममाथि पनि कारबाही गरिएको थियो। यसलाई विभिन्न किसिमका ठगी गतिविधि र अवैध पैसाको कारोबार (सम्पति शुद्धीकरण) मा प्रयोग भएको आरोप लगाइएको थियो। तर, वर्तमान टेलिग्रामले नेपालमा आधिकारिक रूपमा सूचीकृत हुने प्रक्रिया अघि बढाएको बताइएको छ ।
जेनजी आन्दोलनबाट सिक्नेपाठ 
केपी शर्मा ओलीले सायदै सोचेका थिए होलान्, युवाहरुको आन्दोलनले आफ्नो सरकार ढाल्ला र हताहतार राजीनामा दिएर सेनाको हेलिकप्टरमा बालुवाटार छाड्नुपर्ला । तर समय न हो, नसोचेको कुरा एकैछिनमा भइदिन्छ । भदौ २३ गते जेनजी पुस्ताले गरेको आन्दोलनमा सुरक्षाकर्मीको अन्धाधुन्ध गोली प्रहारबाट कम्तीमा १९ जना युवाको ज्यान गएपछि परिस्थिति नै अर्कै भयो । 
भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जाल प्रतिबन्ध फुकुवाको माग राखेर आन्दोलन गरेका जेनजी अर्थात् १४ देखि २८ वर्ष उमेर समूहका युवाहरुले आन्दोलन गरेका थिए । २४ गते आन्दोलन उग्र बन्दा सार्वजनिक र निजी भौतिक संरचनाको पनि व्यापक क्षति भयो । 
उनीहरुको दुईदिने आन्दोलने नेपाली राजनीतिको ‘सिनारियो’ नै बदलिदिएको छ । जेनजी विद्रोह सुरु भएको २७ घण्टामा झण्डै दुई तिहाइको शक्तिशाली सरकारलाई घुँडा टेकायो भने अहिले सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । सरकारलाई फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गराउने मुख्य म्यान्डेट छ । अब देशको ध्यान चुनावमा केन्द्रित हुँदैछ । 
दलहरु भन्ने गर्थे– ‘दलविना राजनीतिक परिवर्तन सम्भव छैन ।‘ तर यो भाष्यलाई जेनजीले जबर्जस्त तोडिदिए । स्वतःस्फूर्त रुपमा भएको आन्दोलनले पनि राजनीतिक परिवर्तन ल्याउन सक्छ भन्ने पुष्टि गरिदिए । 
खासमा यो आन्दोलनले राजनीतिक दल, स्वयं आन्दोलनकारी र अन्य सरोकारवालालाई धेरै पाठ सिकाएको पनि छ । आन्दोलन कसरी सुरु भयो ? यसले सिकाएको पाठ के हो ? अब कसरी अगाडि बढ्नुपर्छ ?

जेनजी आन्दोलनमा देशभर कति भयो  क्षति
जेनजी पुस्ताका नाममा भदौ २४ गते भएको तोडफोड र आगजनीका कारण देशभरका विभिन्न क्षेत्रमा ६२९ वटा भवन पूर्णरूपमा क्षति पुगेका छन ्। सोही आन्दोलनमा १ हजार ५६० भन्दा बढी भवन आंशिक रूपमा क्षतिग्रस्त भए ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट प्रहरीका मात्र १७७ भवन पूर्णरूपमा नष्ट भएका छन् भने २५८ भवनमा आंशिक क्षति पुगेको छ ।
त्यस्तै, तीन सय १० सरकारी कार्यालय पूर्णरूपमा ध्वस्त भएका छन् भने प्रारम्भिक विवरणअनुसार कुल ८३६ सरकारी भवनमा आंशिक क्षति पुगेको छ ।
व्यापारिक र निजी संरचनामा पनि ठूलो क्षति पुगेको छ । हालसम्म ९७ वटा व्यापारिक तथा निजी भवन पूर्ण रूपमा ध्वस्त भएका छन् भने २९२ भवनमा आंशिक क्षति पुगेको विवरणमा उल्लेख छ । यस्तै विभिन्न राजनीतिक दलका ४५ वटा पार्टी कार्यालय पूर्णरूपमा क्षति भएको र १७४ कार्यालय आंशिक क्षतिग्रस्त भएको जनाइएको छ ।
प्रवक्ता घिमिरेका अनुसार क्षतिको पूर्ण मूल्याङ्कन भने अझै भएको छैन र विस्तृत विवरण सङ्कलन गर्ने कार्य जारी छ ।
जेनजीको आन्दोलनको प्रमुख मागहरू 
सामाजिक सञ्जाल प्रतिबन्ध हटाउनुपर्ने । 
सबैक्षेत्रमा व्यापक र चरम भ्रष्टाचारको  छानबिन  ।
युवाहरुले नेपालमै बसेर काम गर्ने वाताबरण ।
सरकारका हरेक नियकामा जेजनीको सहभागिता । 
जेनजी आन्दोलन यहिलेको व्यवस्था विरुद्ध थियो त ?


 पक्पै पनि  थिएन जेनजी युवाहरुले वर्तमान व्यस्था विरुद्ध थिएन

उहीहरुले नेपालमा बढ्दै गएको भ्रष्टाचार नियन्त्रण छानविन सुशासन कायम सामाजिक सञ्जाल प्रतिबन्ध हटाउनुपर्ने माग सहित आन्दोलनमा होमिएका थिए । सरकारले आन्दोलन नियन्त्रणका नामा सरकारले गोली ताकी ताकी  १९ जना युवाहरुलाई सड्कमा सुतायो यो बास्तमै कुरुर थियो शान्तिपुर्ण आन्दोलमा रहेका जेनजीहरुलाई सरकारले गरेको दमनले जेनजी युवाहरुमा यसको नराम्रो असर पुग्यो  आन्दोलन हिसाँतर्फ मोडियो । आन्दोलनका क्रममा भएको घुषपैठले झन देशका महत्वपुर्ण सरकारी र गैर सरकारी व्यपार व्यवसायी आम जनतामा तरास क्षती गुग्यो । यो देशले २०४६ देखी २०८२ सम्म आइपुग्दा धैरे क्षती नेपालले भोगेको छ । अब भने देशमा शान्ति , आर्थिक विकास , भ्रष्टाचार नियन्त्रण विधिको शासन , सर्वसाधारण न्याय , कानुनी राज्यको पालना गर्नु नै यो जेनजी आन्दोलनको सन्देश हो ।  



मङ्गलबार ०७, असोज २०८२ ०४:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal