जेन्जी पुस्ता, लोकतन्त्र र हाम्रो जिम्मेवारी

विचार

युग संवाददाता     180 पटक पढिएको    

जेन्जी पुस्ता, लोकतन्त्र र हाम्रो जिम्मेवारी

 

अजयबाबु शिवाकोटी

जेन्जी पुस्ता के हो उनीहरूको मनोविज्ञान, असन्तोष र आशा के हो? यी सबै कुरालाई हामीले बुझ्नुपर्ने बेला आएको छ। आजको युवा पुस्ता परिवर्तनको मागमात्र गर्दैन — सीधा प्रश्न गर्छ र तुरुन्त उत्तर खोज्छ।
उनीहरूले देखेका छन् – संविधान आयो, चुनाव भए, सरकार फेरिए।।। तर आम मानिसको जीवन किन उस्तै रह्यो

अवस्था किन फेरिएन 

हामीले निरंकुशता फेरेर, बहुदलीय लोकतान्त्रिक गणतन्त्र ल्याएका थियौं। जेन्जी यतिमै चित्त बुझाइरहेको छैन ।


शिक्षा, रोजगारी, स्वास्थ्य, न्याय, यी सवालमा किन अवस्था अझै गम्भीर छ उसले प्रश्न गरिरहेको छ ।

प्रश्न सोधिरहेको जेन्जी पुस्ता सही जवाफ नपाउँदा रिसाएको छ । 

उनीहरू ुडेमोक्रेसीु सुन्दछन्, तर त्यहाँ ुडेलिभरीु खोज्छन्। र जब त्यो देख्दैनन्, अविश्वास जन्मिन्छ। हो यही सिस्टमप्रतिको अविश्वास जेन्जी पुस्तामा घर गरेको छ। 

अहिले जानेर वा नजानेर लोकतन्त्रप्रति वितृष्णा फैलाइदै छ। निरंकुशताप्रति आकर्षण बढाइने क्रममा छ। यसलाई हामीले चेतावनीको घण्टीको रूपमा बुझ्न जरुरी छ।

हामीले हालै देख्यौं (
बुर्किना फासोका ट्राओरे जस्ता सैन्य शासकलाई युवा पुस्ताले ुनायकु भन्न थालेका छन् ।

किन ?

किनभने उनीहरूले परिणाम दिएका छन् – चाहे प्रक्रिया जे भए पनि ।

यो सोच नेपालमा पनि डरलाग्दो रूपमा देखिन र सुनिन थालेको छ – ूकानून मिचेर भए पनि काम गर्ने नेताू को माग पक्कै पनि लोकतन्त्रका लागि शुभ संकेत होइन ।

अझ हामीले संवाद गर्न चुकेको जेन्जी पुस्ताका सन्दर्भमा हाम्रो धारणा के हो अब प्रष्ट हुन जरुरी छ।

हो हामीले संवाद गर्न चुक्यौं र अझ सत्य कुरा के हो भने — हामीले उनीहरूको भाषा बुझेनौं, उनीहरूका प्लेटफर्ममा गएनौं, उनीहरूको रिसलाई समयमै सम्बोधन गर्न सकेनौं। 

हामीले भन्यौं — ूव्यवस्था फेरेका छौंू

तर उनीहरूले भने — ूहाम्रो अवस्था कहिले फेरिन्छ रुू

त्यसैले अब संवादमात्र होइन, साझेदारी चाहिएको छ ।

अब समय डाइलगको मात्र होइन, को क्रिएसनको हो ।

पार्टीका आदरणीय महामन्त्रीलाई भन्न चाहन्छु अब पार्टीले जेन्जी पुस्ताका प्रश्नलाई साँचो सहभागितामा बदलौं।

उनीहरूको टेक्नोलोजीप्रेमलाई लोकतान्त्रिक सशक्तीकरणमा लगाऔं ।

उनीहरूलाई “फेसबुक लिडर” मात्र होइन, नीतिगत नेता बनाऔँ ।

हामीले उनीहरू रिसाएको मात्र देखेका छौं र अरु कसैले त्यो रिस आफ्नो पक्षमा  उपयोग गरिरहेका छन्। न्भल श् को आक्रोश, हाम्रो लागि अवसर हो। पार्टी र सिस्टम सुधा र्ने अभूतपूर्व अवसर। तर के हामी सुन्न, सिक्न र सँगै अगाडि बढ्न तयार छौं ?

यतिबेला कांग्रेसको काँधमा ऐतिहासिक दायित्व आएको छ।

नेपाली कांग्रेसले जहिले पनि नेतृत्व गरेको छ। चाहे त्यो राणा शासनविरुद्ध होस् या पञ्चायतविरुद्ध र राजतन्त्रविरुद्ध नै किन नहोस्। इतिहासप्रतिको गौरव गरे पनि अब सधैं यही कुरा दोहोर्‍याएर बस्नुको अर्थ छैन। अब हामीले अवस्था परिवर्तनको आन्दोलन अगुवाइ गर्नुपर्ने समय आएको छ।

त्यसका लागिस् पार्टी संरचनामा जेन्जी को समावेशीता बढाऔँ ।  अल्फा पुस्ता सक्रिय हुन थालिसकेको छ। अब चेन्जको मात्र होइन अल्फा र बेटा पुस्ताको लागिसमेत पार्टीले नीतिगत काम गर्नुपर्नेछ । 

“डेमोक्रेसी लिटरेसी” लाई विद्यालय, क्याम्पस र सामाजिक सञ्जालमा पुर्‍याऔँ ।

विदेशमा रहेका युवासँग सीधा संवाद गरौँ ।

र सबैभन्दा महत्वपूर्ण कुरा— उनीहरूलाई निर्णय प्रक्रियामा भागीदार बनाऔँ ।

व्यवस्था परिवर्तन पुरानो कथा हो । यसमा हाम्रो गौरव छ । तर अब अवस्था परिवर्तनको यात्रा सुरु गरौं ।

अधिकारको राजनीति भयो, अब जिम्मेवारीको संस्कृति बनाऔं । नेतृत्व हामीले गर्‍यौं, अब नेतृत्वको साँचो नयाँ पुस्तालाई सुम्पौं ।

महामन्त्री भन्नुहुन्छ नागरिक निराश हैनन् रिसले चुरिएका छन् । जेन्जी यसको ज्वलन्त उदाहरण हो। रिसाएको पुस्ता हो भनेर उनीहरूसँग टाढा रहने हो भने उनीहरूसँग शक्ति र सपना पनि गलत ठाउँमा प्रयोग हुनसक्छ।

हामीले त्यो शक्ति लोकतन्त्रको बाटोमा प्रयोग गर्न सघाएनौँ भने त्यो ऊर्जा कहिल्यै कल्पना नगरेको दिशामा जान सक्छ।

हामी चुक्न मिल्दैन। हामी ढिलो गर्न पनि मिल्दैन।

अबको प्रश्न यो होइन कि “हामीले के गरेका थियौं” अबको प्रश्न हो  “अब हामी उनीहरूका लागि के गर्छौं 
जय लोकतन्त्र।
जय नेपाल। ९कांग्रेस केन्द्रीय सदस्य  शिवाकोटीले काठमाडौँमा भएको नेपाल विद्यार्थी संघ दोलखा काठमाडौँ सम्पर्क समितिको कार्यक्रममा गरेको सम्बोधन



सोमबार ०९, असार २०८२ ०३:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal