नेपाली कम्युनिस्ट पार्टीको प्रदेशस्तरीय सन्देश सभाका लागी प्रचण्ड–माधव नेपाल धनगढीमा

युग संवाददाता     156 पटक पढिएको    

नेपाली कम्युनिस्ट पार्टीको प्रदेशस्तरीय सन्देश सभाका लागी प्रचण्ड–माधव नेपाल धनगढीमा

 

धनगढी — नेपाली कम्युनिस्ट पार्टीले सुरु गरेको प्रदेशस्तरीय ‘सन्देश सभा’ अभियानको पहिलो कार्यक्रम आज सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा हुँदैछ। पार्टी संयोजक पुस्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव कुमार नेपाल विशेष रूपमा उक्त सभालाई सम्बोधन गर्न बिहानै धनगढी पुगेका हुन्। काठमाडौँबाट हवाई यात्रामार्फत धनगढी अवतरण गरेसँगै दुवै शीर्ष नेता स्थानीय नेतृत्त्व तथा कार्यकर्ता भेटघाटमा व्यस्त छन्। उनीहरू दिउँसो १ बजे धनगढीको खुला मञ्चमा आयोजना हुने भव्य सन्देश सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

विभिन्न वामपन्थी घटकहरू मिलेर नयाँ संरचनामा गठन भएको नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा सन्देश सभा गरी संगठन विस्तार र राजनीतिक अभियान तीव्र बनाउने उद्देश्य लिएको छ। त्यसैअन्तर्गत धनगढीबाट सुरु भएको यो अभियान क्रमशः अन्य प्रदेशमा पनि सञ्चालन हुने पार्टीले जनाएको छ।


पार्टीको निर्धारित तालिका अनुसार—

लुम्बिनी प्रदेशस् देउखुरी, मङ्सिर १३

गण्डकी प्रदेश पोखरा, मङ्सिर १४

कोशी प्रदेश  विराटनगर, मङ्सिर १५

कर्णाली प्रदेश सुर्खेत, मङ्सिर १८

मधेस प्रदेश जनकपुर, मङ्सिर २०

बागमती प्रदेश  हेटौँडा, मङ्सिर २३

धनगढीमा आयोजना हुने आजको सभामा ठूलो संख्यामा नेता–कार्यकर्ता तथा सर्वसाधारणको उपस्थिति रहने अनुमान गरिएको छ। पार्टीका शीर्ष नेतृत्वले वर्तमान राजनीतिक परिस्थितिबारे धारणा राख्दै आगामी योजनाहरू सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ।



शुक्रबार १३, मङि्सर २०८२ ०६:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal