तोकिएकै समयमा निर्वाचन हुन्छ  गृहमन्त्री अर्याल

युग संवाददाता     45 पटक पढिएको    

तोकिएकै समयमा निर्वाचन हुन्छ  गृहमन्त्री अर्याल

 


धनगढी । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन गराउन सरकार लागिरहेको बताएका छन् ।

आज धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले उनले सो कुरा बताएका हुन् ।

उनले भने ‘आगमी फागुन २१ गतेको निर्वाचन सम्पन्न गराउन सरकार र गृहमन्त्रालय लागि परेको छ । तोकिएकै मितिमा निर्वाचन गर्ने वातावरण बनाइरहेका छौँ ।’

उनले गृहमन्त्रालयले शान्ति सुरक्षा,अपराध नियन्त्रण र सेवा प्रवाहको कामलाई प्रभावकारीरुपमा अघि बढाएर काम गरिरहेको उल्लेख गर्दै अहिले निर्वाचन गराउन सवै राजनीतिक दल नागरिक समाज प्रत्येक नागरिकले आ–आफनो क्षेत्रबाट लाग्नु पर्ने बताए ।

त्यस्तै,उनले जेनजी आन्दोलनमा लुटिएका अधिकांश हतियार फिर्ता लिइसकेको बताउँदै ढुक्क भएर आफ्ना राजनीतिक गतिविधि गर्न राजनीतिक दलहरुलाई आग्रह गरे ।

उनले लुटिएकामध्ये ७ सय २७ हतियार फिर्ता भइसकेको उनले बताए । उनले अहिलेको सरकार चुनावी तथा साझा सरकार भएकाले कसैलाई भेदभाव नगर्ने उनले उल्लेख गरे ।

जेनजी आन्दोलनका क्रममा भागेकामध्ये चार हजार पाँच सय ५२ कैदीबन्दी फरार रहेका,फरार कैदीबन्दीलाई पक्राउ गर्न सरकार लागिपरेको बताउँदै उनले फरार रहेकाध्ये गम्भीर अपराधका कैदीबन्दी कम रहेको बताए ।

सुरक्षा गोष्ठीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह,आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले मन्तव्य व्यक्त गरेका थिए ।

गेष्ठीमा गृह सचिव रामेश्वर दंगाल,प्रहरी महानिरीक्षक दानबहादुर कार्की,सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल,नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी,राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निदेृशक टेकेन्द्र कार्कीलगायत प्रदेशका सुरक्षा निकायका प्रमुखको उपस्थिति रहेको छ ।

गोष्ठीमा फागुन २१ ग्ते हुने निर्वाचनको सुरक्षा रणनीति र प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्थाका बारेमा छलफल हुने जनाइएको छ ।



मङ्गलबार १७, मङि्सर २०८२ ०६:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal