दलहरूलाई ओलीको आग्रह– असंवैधानिक सरकारको जन्ती जान सुहाउँदैन, संविधान जोगाउन लागौं

युग संवाददाता     199 पटक पढिएको    

दलहरूलाई ओलीको आग्रह– असंवैधानिक सरकारको जन्ती जान सुहाउँदैन, संविधान जोगाउन लागौं

 


धनगढी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान जोगाउन प्रतिनिधिसभा पुनःस्थापनाको मागमा सहमति गर्न दलहरूसँग आग्रह गरेका छन् । उनले असंवैधानिक सरकारको पछि लागेर जन्ती नबन्न दलहरूसँग आग्रह गरे ।

शनिबार काठमाडौंमा एमालेले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले आग्रह–पूर्वाग्रह त्यागेर संविधान जोगाउने काममा लाग्न आग्रह गरेका हुन् । ‘सबै राजनीतिक दलहरूलाई आग्रह गर्न चाहन्छु९ कसैसँगको इर्ष्याभाव, मनमुटाव अथवा प्रतिशोधको भावनाले लोकतन्त्र गएकोमा ताली पिट्नु हुँदैन । असंवैधानिक सरकारको पछि९पछि जन्ती जस्तो नहिँडौं । जन्तीले पाउने के हो रु त्यही एकछाक खाजा वा खाना १,’ ओलीले भने, ‘राजनीतिक पार्टीको काँधमा देशप्रतिको उत्तरदायित्व छ, यस्तो सरकारको जन्ती हुन सुहाउँदैन ।’


ओलीले राजनीतिक संकट समाधानको एकमात्र विकल्प प्रतिनिधिसभा पुनःस्थापना भएको दोहोर्‍याउँदै त्यहीबाट अगाडि बढ्न आग्रह गरे । ‘म सबै दललाई आग्रह गर्न चाहन्छु, कुनै आग्रह, पूर्वाग्रह प्रतिशोध र संकीर्ण नसोचौं । बडो दुस्ख गरेर ल्याएको संविधान जोगाउनका लागि प्रतिनिधिसभा पुनःस्थापनाको मागमा जाऔं ।’

ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस नै असंवैधानिक भएकाले सर्वोच्च अदालतले पुनःस्थापना गर्ने विश्वास व्यक्त गरे ।



आइतबार ०८, मङि्सर २०८२ ०५:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal