संविधान संसोधन दुईदलको चाहानाले मात्रै हुन्न दलहरूको समर्थन चाहिन्छ ः  गृहमन्त्री लेखक

युग संवाददाता     151 पटक पढिएको    

संविधान संसोधन दुईदलको चाहानाले मात्रै हुन्न दलहरूको समर्थन चाहिन्छ ः   गृहमन्त्री लेखक

 

धनगढी भदौ १८  गृहमन्त्री रमेश लेखकले  संविधान संसोधन दुई दलको चाहान अनुसार हँदैन सबै दलहरुको समर्थन  र सहयोगको आवश्यकता रहेकोबताएका छन् ।  नेपाल प्रेस युनियन कैलालीले धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । सामान्य रुपमा देशको पहिलो र दोस्रो ठुलो दल मिलेर सरकार बनाउने कुरा नहुने भन्दै लेखकले विशिष्ट परिस्थितिमा मात्रै ठुला दल मिलेको स्मरण गरे । यसले विशिष्ट परिणाम पनि दिएको उनले बताए । सशस्त्र संघर्षलाई मिलेर शान्ति प्रक्रियामा ल्याउन, अन्तरिम र नेपालको संविधान बनाउन हामी एमाले र काग्रेंस मिलेको बताउँदै लेखकले अहिले दुई ठुला दल मिलेर सरकार निर्माण हुँदा सुखद परिणाम प्राप्त भइरहेको दावी गरे ।


मुलुकमा राजनीतिक स्थिरता नभएपछि केन्द्रमा प्रधानमन्त्री र प्रदेशमा मुख्यमन्त्रीले प्रत्येक महिना विश्वासको मत लिनुपर्ने बाध्यता रहेको भन्दै उनले स्थिर सरकार र स्थिर समिकरण निर्माण अहिलेको प्रार्थमिकता रहने बताए । गृहमन्त्री लेखकले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कामय गर्ने तथा संविधानको अभ्यासको क्रममा देखिएका सरलता र जटिलताको समिक्षा गरेर संविधानको संशोधन गर्ने पनि अहिलेको सरकारको उद्येश्य रहेको बताए ।

अहिलेको सरकारले सकारात्मक परिणाम दिन थालेको बताउँदै उनले १८ वर्षदेखि संक्रमकालिन न्यायको विषय निष्कर्षमा पुग्न नसकेकोमा सरकार बनेको केही समयमै निष्कर्षमा पुगाएको बताए । उनले सत्य निरुपण तथा मेलमिलाप आयोग पनि छिट्टै गठन हुने बताए । मन्त्री लेखकले वर्तमान सरकार बनेपछि अहिले अर्थतन्त्र पनि लयमा फर्किरहेको बताए । जिवी राई कहिले पक्राउ पर्छन रु भन्ने पत्रकारको जिज्ञासमा मन्त्री लेखकलसबै कुरा कानूनअनुसार अगाडि बढ्छन् र त्यो पनि अगाडि बढिरहेको बताए ।

गृहमन्त्री लेखकले सबिंधान ससोंधन गर्दा सघिंय लोकतान्त्रीक ब्यवस्था र समावेशितालाई प्रतिकुल हुने गरी काम गरिने बताए । काग्रेंस एमालेको मात्रै नभएर अन्य सबै दलहरुको राय सुझाव र सहमतीका आधारमा सबिंधान संसोधन हुने उनको भनाई थियो । गृहमन्त्री लेखक आज र भोली गृह जिल्ला कञ्चनपुरका बिभिन्न कार्यक्रममा सहभागी हुने छन् । पर्सी बिहिबार कञ्चनपुरबाट धनगढी हुँदै काठमाण्डौँ प्रस्थान गर्ने कार्यतालिका छ ।



मङ्गलबार १८, भदौ २०८१ ०१:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal