सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई कालो झण्डा देखाउने प्रयास

देश

Yugnepal     1118 पटक पढिएको    

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई कालो झण्डा देखाउने प्रयास

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई कालो झण्डा देखाउने प्रयास 
डोटी  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई डोटीमा कालो झण्डा देखाने प्रयास भएपछि तनाव सिर्जना भएको छ । डोटी बहुमुखि क्याम्पसका पूर्व स्ववियु सभापति गणेशबहादुर खड्काले मुख्यमन्त्रीलाई कालो झण्डा देखाउने प्रयास गरेपनि स्थिति तनावमा परिणत भएको हो ।  प्रहरीले खड्कालाई बल प्रयोग गरी क्याम्पस हाताबाट बाहिर निकालेको छ । प्रहरीका अनुसार डोटी क्याम्पसको वार्षिकोत्सव चलिरहेको बेला भट्टलाई कालोझण्डा देखाउन खोज्दा उनलाई क्याम्पस हाताबाट निष्काशन गरिएको हो । क्याम्पसको हाताबाट बल प्रयोग गरी प्रहरीले खडकालाई निष्कासन गरिएपछि नेविसंघ सर्मथक विद्यार्थीहरुले विरोध गरेका छन् ।



बुधबार ०८, जेठ २०७६ ०५:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal