कालो पट्टी बाँधेका पत्रकार एक खुट्टा उचालेर उत्रिए बिरोधमा

देश

Yugnepal     1017 पटक पढिएको    

कालो पट्टी बाँधेका पत्रकार एक खुट्टा उचालेर उत्रिए बिरोधमा

कालो पट्टी बाँधेका पत्रकार एक खुट्टा उचालेर उत्रिए बिरोधमा

सुनसरी । नेपाल सरकारले मिडियालाई अंकुश लगाउन मिडिया काउन्सिल सम्वन्धी विधेयक संसदमा पेस गरेको भन्दै प्रेस युनियन सुनसरीले इटहरीमा सडक प्रर्दशन गरेको छ ।

प्रेस काउन्सिलसहित सरोकार पक्षसँगको छलफल र सहमतिविना नै संसदमा दर्ता गरिएको भन्दै पत्रकारहरुले मुखमा कालोपट्टी बाधेर एक खुट्टा उचालेर विरोध गरेका हुन्।

पत्रकारहरुले इटहरी चोकमा र्‍याली सहित मुखमा कालो पट्टी र एक खुट्टा उचालेर आधा घण्टासम्म विरोध गरेका हुन । सरकारले पत्रकारलाई कमजोर तथा निरुत्साहित गर्न खोजेको भन्दै साङ्केतिक विरोध स्वरुपमा मुखमा पट्टी र एक खुट्टा उचालेको प्रेस युनियन सुनसरीका अध्यक्ष धनबहादुर पुरीले जनाए । पुरीले भने उक्त विधेयक तत्काल फिर्ता लिनु पर्छ ।

प्रेस स्वतन्त्रता हनन गर्ने गरी, संबिधानको मुल मर्म बिपरित तथा अन्तर्राष्ट्रिय अभ्यासको समेत बिपरित हुने किसिमले ल्याउने कुनै पनि कानुन पत्रकारलाई मान्य नहुने पत्रकारहरुले बताएका हुन । उनीहरुले तत्काल विधेयक फिर्ता नलिए सुनसरीबाटै सशक्त आन्दोलनको कार्यक्रम गर्ने बताएका छन ।

नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष विक्रम लुईटेल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का लगायतको समेत उपस्थित रहेको थियो ।



बुधबार ०१, जेठ २०७६ ०७:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal