कैलालीको -  बर्दगोरीया गाउँपालिकामा  आगलागी २५ कठ्ठामा लगाएको गहुँ बाली नष्ट

Yugnepal     1419 पटक पढिएको    

कैलालीको -  बर्दगोरीया  गाउँपालिकामा   आगलागी २५ कठ्ठामा लगाएको गहुँ बाली नष्ट

धनगढी बैशाख ९ - कैलालीको बर्दगोरीया गाउँपालिका वडा नम्वर ५ मा आगलागी भएको छ। स्थानीय २६ बर्षीय रामदिन चौधरीको ईट्टा भट्टामा रहेका तीन वटा बासका टहरामा आगलागी भएको हो। विद्युतीय तार सर्ट भएर आगलागी हुँदा एक जना घाईते पनि भएका छन्। ईट्टा भट्टामा काम गर्ने लम्की चुहा नगरपालिका वडा नम्वर ८ का ४६ बर्षीय गोवारी चौधरी घाईते भएका हुन्।

आगलागी हुँदा टहरा र टहरा भित्र रहेका लत्ताकपडा नष्ट भएका छन्। यस्तैस्थानीय मुनिम थारुको १० कठ्ठा, बृजलाल थारुको १० कठ्ठा र लक्षीराम चौधरीको ५ कठ्ठामा लगाएको गहुँवाली नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। 



सोमबार ०९, बैशाख २०७६ ०८:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal