प्रदेश सभापति पदकालागि हिम रावलको उमेद्बारी घोषणा

युग संवाददाता     716 पटक पढिएको    

प्रदेश सभापति पदकालागि हिम रावलको उमेद्बारी घोषणा

 

धनगढी मंसिर १० नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिको सभापति पदका लागि कैलालीको लम्की चुहा नगरपालिकाका नेता हिमबहादुर रावलले उम्मेदवारी घोषणा गरेका छन ।यहि मंसिर १६ गतेदेखि हुने प्रदेश अधिवेशनमा प्रदेशको पार्टी सभापतिको पदमा लड्ने भन्दै उनले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उम्मेदवारी घोषणा गरेका हुन ।

पार्टीको १२ औ महाधिवेशनमा केन्द्रिय सदस्य पदका उम्मेदवारीमा पराजित उनले अहिले पार्टीलाई थप बलियो, सुढृदीकरण गर्ने लक्ष्यसहित उम्मेदवारी दिने मनसाय बनाएको बताए । ‘मैलै पार्टीका शिर्ष नेता, सभापतिका आकाक्षी, महाधिवेशन प्रतिनिधीमा निर्वाचित नेता लगायत सबैको सल्लाह, सुझाव अनुसारनै प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको हु“’ उनले भने ‘प्रदेशमा धेरै व्यक्ति सभापति पदमा उठे म पनि चुनाव लड्छु । सर्वसम्मत ढंगले कार्यसमिति बनाउने प्रयास भएमा त्यो समयमा हेरुला ।’

प्रधानमन्त्री शेरबहादुर देउवाको विशेष पात्रका रुपमा रहेका उनी अहिले प्रदेश सभापति सर्वसम्मत रुपमा आफुलाई बनाउन आग्रह गरे । उनको घोषणा कार्यक्रममा पूर्वमन्त्री मोहनसिंह राठोर, नेता भक्तबहादुर थापा, रंग सुनार, विष्णु ढकाल लगायतको सहभागिता रहेको थियो । प्रदेशमा सभापतिका लागि कैलाली सभापति नरनारायण शाह मनु र बझाङबाट अर्जुनजंग सिंह आ“काक्षी रहेका छन ।



शुक्रबार १०, मङि्सर २०७८ ०५:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal