अत्तरियाः कैलालीको चुरे गाउँपालिका–१, दिगडा निवासी नेकपा एमालेका सक्रिय सदस्य नरबहादुर साउँदले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
नेपाली कांग्रेसको डुब्केखालीमा आयोजित चुनावी सभामा साउँदलाई कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवार आनन्द बिष्टले टीका र खादा लगाएर स्वागत गरे। नवप्रवेशी साउँदले कांग्रेसको लोकतान्त्रिक मूल्य र विचारप्रति प्रतिबद्ध भएर काम गर्ने आश्वासन दिए।
साउँदले कांग्रेसमा प्रवेशको कारणका रूपमा आनन्द बिष्टको सामाजिक व्यक्तित्व र जनसेवाप्रतिको समर्पणलाई उल्लेख गर्दै, उहाँलाई जिताउन आफू कांग्रेसमा आएका बताउनुभयो। यस घटनाले कांग्रेसमा नयाँ ऊर्जा थपेको र स्थानीय तहदेखि केन्द्रीय तहसम्म पार्टीलाई बल प्रदान गर्ने अपेक्षा गरिएको छ।
प्रतिकृया दिनुहोस