प्रधानमन्त्री देउवाले बाढी पहिरोले गरेको क्षतिका बारेमा लिए जानकारी

युग संवाददाता     678 पटक पढिएको    

प्रधानमन्त्री देउवाले बाढी पहिरोले गरेको क्षतिका बारेमा लिए जानकारी

 दिपायल कार्तिक ४

प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेश पुगेका छन्। बाढी पहिरोका कारण भएको क्षतिको निरीक्षणका लागि उनी दिपालय पुगेका हुन्।
दिपालयमा उनले जनप्रतिनिधि र स्थानीयसँग बाढी, पहिरो र डुबानबाट भएको क्षतिको बारेमा जानकारी लिएका छन्। सरोकारवालासँग जानकारी लिएपछि देउवाले आज सुदूरपश्चिममा बाढी, पहिरो र डुबान क्षेत्रको स्थलगत अवलोकन गर्नेछन्।

आइतवारबाट परेको वर्षाका कारण सुदूरपश्चिममा ३० जनाको मृत्यु भइसकेको छ भने कैयन् धानबालीमा क्षति पुगेको छ। बाढीका कारण केही मानिसहरु अझै बेपत्ता रहेका छन्।



बिहिबार ०४, कार्तिक २०७८ १२:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.