डडेल्धुरामा काँग्रेस अधिवेशन एकपक्षीयरुपमा हुने संकेत

युग संवाददाता     510 पटक पढिएको    

डडेल्धुरामा काँग्रेस अधिवेशन एकपक्षीयरुपमा हुने संकेत

 

जिल्ला सभापति कर्ण मल्ल पक्ष र उनका समर्थक
डडेल्धुरा भदौ २५  - प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा एक पक्षीयरुपमा नेपाली काँग्रेसको वडा अधिवेशन आज शुक्रबार हुने संकेत देखिएको छ ।
 
प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्लाको अधिवेशन सार्ने सार्वजनिक अभिव्यक्ति दिए पनि निर्वाचन अधिकृत लोकेन्द्रबहादुर वमले बिहीबार एक विज्ञप्ती प्रकाशितगर्दै शुक्रबार निर्धारित वडा अधिवेशन नरोकिने दाबी गरेका छन ।

उनले ५२ वडामै निर्वाचन सामाग्री पुगिसकेको र मतदान अधिकृत खटाई सकेकाले अधिवेशन स्थगित नहुने जिकिर गरेका छन् ।
नेपाली काँग्रेस डडेल्धुराका विभिन्न तहबाट प्रक्रियागतरुपमा गरेका निर्णय विपरित केन्द्रबाट थपेर, काटेर मतदाता नामावली सार्वजनिक भएपछि विवाद उत्पन्न भएको हो ।

नेपाली काँग्रेस डडेल्धुरा जिल्ला कार्य समितिले विधि र पद्दती मिचेर मतदाताका रुपमा रहेका क्रियासिल सदस्य मात्रै नभई जिल्लादेखि वडास्तरका उम्मेदवारहरु समेत केन्द्रबाटै तोकेर उनीहरुलाई जिताउने दुरासयले मतदाता नामावली सार्वजनिक भएको भन्दै सदस्यता विवादको टुंगो नलागेसम्मका लागि अधिवेशनका कार्यक्रम स्थलगन गर्ने निर्णय गरेको छ ।

जिल्ला कार्यसमितिको निर्णय विपरित मतदान अधिकृत वमले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि आज विवाद हुने अनुमान छ ।
विवाद हुने अनुमान अनुसार नेपाल प्रहरीको तालिम केन्द्र र दंगा प्रहरी गणबाट ठूलो संख्यामा प्रहरी डडेल्धुरा झिकाएर अप्रिय घट्ना हुन नदिने प्रयास गरिएको छ ।

नेपाली काँग्रेस डडेल्धुराका उपसभापति करुणाकर भट्टले क्रियासिल सदस्यता विवादको टुंगो नलगाएर एकपक्षीयरुपमा वडा अधिवेशनको प्रकृया अघि बढेमा बहिष्कार गर्न सम्पूर्ण क्रियासिल सदस्यहरुलाई आग्रह गरे ।

उनले विधान विपरित जिल्ला कार्यसमिति, प्रदेश, स्थानीय तह र वडा कार्यसमितिलाई वेवास्ता गरेर निर्वाचन प्रकृया अघि बढेमा सामानान्तर कार्यसमिति गठन गरेर अघि बढनुको विकल्प नभएको जिकिर गरे ।



शुक्रबार २५, भदौ २०७८ १२:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.