कांग्रेसको चुनावी सरगर्मी सुरु,नेताहरु जिल्ला केन्द्रीत हुने क्रम बढ्यो

युग संवाददाता     583 पटक पढिएको    

कांग्रेसको चुनावी सरगर्मी सुरु,नेताहरु जिल्ला केन्द्रीत हुने क्रम बढ्यो

 


बाजुरा १७ नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत वडा तहको निर्वाचन भदौ १८ गते गर्ने निश्चित भएपछि जिल्लामा चुनावी सरगर्मी बढेको छ। वडा तहको निर्वाचन निश्चित भएसँगै नेता कार्यकर्ता बाजुरा सदरमुकाम मार्तडी केन्द्रत भएका छन्। तयारी समिति गठन देखि अन्य व्यवस्थापनका बारेमा नेताहरु तयारीमा जुटेका छन्।

वडा तहसम्म पनि आफ्नो पकड देखाउने गरि नेताहरु सक्रिय देखिएका छन्। लामो समयदेखि जिल्ला बाहिर रहेका कांग्रेसका केन्द्रीय स्तरका नेता अहिले जिल्ला आइपुगेका छन्। कामका लागि जिल्ला बाहिर रहेका काँग्रेस नेता कार्यकर्ता पनि जिल्ला भित्रीने क्रम जारी छ।

काँग्रेस बाजुराका शिर्ष नेताहरु मध्ये बद्री पाण्डे बाहेक सबै नेताहरु मार्तडी र जिल्ला केन्द्रीत भएका छन्। काँग्रेस केन्द्रीय सदस्य पाण्डे दुर्गम कोटाको केन्द्रीय सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारीमा छन्। आफ्नो उम्मेदवारीको तयारी र देशभरका कार्यकर्तासँगको सहकार्यका लागि केन्द्रमै बस्नु पर्ने भएरपनि पाण्डेको उपस्थिति जिल्लामा कम हुने उहाँ निकट श्रोतको दाबी छ।

तर अन्य सबै नेताहरु भने जिल्लामा केन्द्रीत भएका छन् । पाटी सभापति कविराज पण्डित देखि काँग्रेस नेताहरु जनकराज गिरी, देवराज जोशी, मनबहादुर रावल, महा नेपाली, पदम शाही, रामसिंह रावल, जुना दानी सबै शिर्ष नेताहरु मार्तडी केन्द्रीत नै बनेका छन् ।

नेताले आफ्ना कार्यकर्तासँगको भेटघाट र छलफल बाक्लिन थालेको छ । पार्टीको महाधिवेशनको मिति पटकपटक सर्ने गरेकामा धेरैलाई महाधिवेशन हुँदैन कि भन्ने आशङ्का भए पनि अब भने महाधिवेशन हुनेमा नेताहरु ढुक्क देखिएका छन् ।

पार्टीले यही भदौ १८ गते वडाको अधिवेशन गर्ने सुनिश्चित गरेपछि जिल्लामा चुनावी रौनक एक्कासी तातेको काँग्रेस युवा नेता दिनेश शाहीले बताएका छन्। जिल्लाका ६९ वटा वडामा एकै दिन अधिवेशन हुने भएको छ।


वडा अधिवेशनका लागि शिर्ष नेताहरु सम्बन्धीत क्षेत्रमा जानेक्रम पनि बढेको जिल्ला अधिवेशन प्रचार प्रसार कमिटीका सहसंयोजक प्रेम रौलेले बताएका छन् । नेताहरु अधिवेशनको दिन आ आफ्नै वडामा हुने भएपनि आफ्नो प्रभावका लागि पछि दौड धुप गरिरहेका छन् ।

अधिवेशनको व्यवस्थापन तथा तयारीको जिम्मेवारी पाएको टिमपनि वडा अधिवेशनकै चक्करमा देखिएको छ। वडाको अधिवेशन आउन अब चार दिन बाँकी रहेको हुनाले नेताहरुको दौड धुप बढेको छ। जिल्लाका क्रियाशिल सदस्यको सूची सार्वजनिक नगरिएपनि नेताहरु संख्याकै आधारमा जोड घटाउनमा लागेका छन्।

काँग्रेस कैलालीको अधिवेशन अनिश्चितकालका लागि स्थगित

नेपाली काँग्रेस कैलालीले वडा स्तरको अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ।

भाद्र १८ गतेदेखि सुरु हुने भनिएको वडा स्तरको अधिवेशन जिल्लमा हालसम्म क्रियाशिल सदस्यको नामावली उपलपब्ध नभएको भन्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको नेपाली काँग्रेस कैलालीका सभापति नर नारायण शाह ९मनु० ले बताए।नेपाली काँग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत भाद्र १८ गतेदेखि वडा स्तरको अधिवेशन हुने भएको थियो।



बिहिबार १७, भदौ २०७८ १२:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.