काँग्रेसको महाधिवेशन मङ्सिरसम्ममा, सभापतिमा मेरो उम्मेदवारी

युग संवाददाता     792 पटक पढिएको    

काँग्रेसको महाधिवेशन मङ्सिरसम्ममा, सभापतिमा मेरो उम्मेदवारी

 

हाम्राकुराबाट 
चितवन  साउन २१। नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काँग्रेसको १४ औँ महाधिवेशन मङ्सिरसम्ममा हुने बताएका छन् । शुक्रवार चितवन पुगेका महामन्त्री कोइरालाले भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको बताए ।  क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको उनको भनाइ थियो । 

महामन्त्री कोइरालाले भने, “आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मङ्सिरसम्ममा हुन्छ ।” पार्टीभित्र क्रियाशील सदस्यताको विवाद महाधिवेशनका समयमा हुने गरेको जनाउँदै उनले यो परिपाटीको अन्त्य गरी महाधिवेशनभन्दा एक वर्षअघि नै टुङ्ग्याउनुपर्छ भने । काँग्रेसको महाधिवेशन छिटो हुनुपर्नेमा आफूहरूको माग रहेको उनले जानकारी दिए ।

कोइरालाले पार्टी सभापतिका लागि उम्मेदवारी घोषणा गरेको बताएका छन् ।  उनले भने “ पार्टी सभापतिका लागि मैले पनि उम्मेदवारी घोषणा गरेको छु । संस्थापन पक्षबाट अन्य दुई जना उम्मेदवार हुनुहुन्छ । सबै निर्वाचन लडे हारिन्छ । एउटा मात्र उम्मेदवार बनाउन छलफल भइरहेको छ ।”

फरक प्रसङ्गमा उनले आफू मन्त्रिमण्डलमा सहभागी नहुने र बाहिर बसेर सरकारलाई सहयोग गर्ने बताए ।



शुक्रबार २२, साउन २०७८ ०४:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal