काम छाडेर भागेको मेलम्ची ठेकेदारले माग्यो साढे दुई अर्ब

देश

Yugnepal     750 पटक पढिएको    

काम छाडेर भागेको मेलम्ची ठेकेदारले माग्यो साढे दुई अर्ब


 काम छाडेर भागेको मेलम्ची ठेकेदारले माग्यो साढे दुई अर्ब
काठमाडौं । मेलम्ची आयोजनामा ‘काम छोडेर भोगेको’ भनिएको इटालीको सीएमसी कम्पनीले सरकारसँग २ अर्ब ५२ करोड रुपैयाँ क्षतिपूर्ति मागेको खुलेको छ । सीएसीले गत फागुन २७ मा खानेपानी मन्त्रालयलाई पत्र पठाउँदै भूकम्प तथा नाकाबन्दीमा धेरै काम गर्नुपरेको र नेपाली सब–कन्ट्रयाक्टरहरुलाई रकम तिर्न बाँकी रहेको भन्दै उक्त रकम माग गरेको हो ।

पुस ३ गते सीएमसीले मेलम्ची आयोजनाको काम छोडेर क्रिसमस र नयाँ वर्ष मनाउन भन्दै इटाली फर्किएको थियो । बुधबार सिंहदरमा बसेको संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा समिति सदस्य सुरेन्द्रराज पाण्डेले नाकाबन्दीलगायतका कारण सो आयोजना निर्माणको क्रममा भएको क्षतिबापत सरकारसँग सीएमसीले २ अर्ब ५२ करोड रुपैयाँ माग गरेको जानकारी दिए ।

 बम बम बम
खानेपानी मन्त्रालयका अनुसार मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न २ अर्ब ४५ करोड रुपैयाँ लाग्ने देखिएको छ । सीएमसीलाई नै आयोजनाको काममा बोलाउँदा क्षतिपूर्तिबापतको रकम बढी तिर्नुपर्ने दायित्व सरकारलाई रहेको छ ।

आयोजनामा अर्को नयाँ कम्पनी ल्याउन ग्लोबल टेन्डरको लामो प्रक्रिया अपनाउनुपर्ने बाध्यता छ । समितिका सदस्य पाण्डेले २ अर्ब ५२ करोड रुपैयाँ क्षतिपूर्ति तिरेर आयोजनाको बाँकी काम सिएमसी कम्पनीबाटै गराउनुभन्दा २ अर्ब ४५ करोड रुपैयाँमा आयोजनाको काम सम्पन्न गर्न उपयुक्त हुने बताएका थिए । 

केही साताअघि एक कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले सीएमसीलाई काममा बोलाउँदा टेन्डरको प्रक्रियाका लागि लाग्ने समय बचत हुने बताएकी थिइन् ।  बाह्रखरी



बुधबार १३, चैत २०७५ ०४:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.