विवाद नसल्टिदा सीमा क्षेत्रका बासिन्दामा नैराश्यता

देश

Yugnepal     878 पटक पढिएको    

विवाद नसल्टिदा सीमा क्षेत्रका बासिन्दामा नैराश्यता

विवाद नसल्टिदा सीमा क्षेत्रका बासिन्दामा नैराश्यता

पुनर्वास । सीमानाको विवाद सुल्झाउन सरकार पक्षबाट पहल नथालिएपछि पुनर्वासको आनन्द बजार दुई वर्षदेखि सुनसान बन्दा स्थानीय बासिन्दामा निराशा बढेको छ । सीमावर्ती भारतीय बजार आवतजावतमा सहज बनाउन दुई वर्ष अघि पुनर्वास नगरपालिकाले खोल्सामा कलभर्ट बनाउन थाले पछि एसएसबीले गरेको हस्तक्षेपका कारण विवाद चुलिँदै जाँदा यतिबेला पुनर्वासको सीमावर्ती आनन्दबजार सुनसान बन्न पुगेको छ ।

दुई वर्षअघि भएको झडपपछि प्रशासनद्वारा बन्द गरिएको आनन्दबजार (बसही बाटो खोल्न र सीमाको विवाद सल्टाउन नेपाल सरकारका तर्फबाट कुनै पहल नथालिए पछि स्थानीय ब्यबसायीहरुको ब्यबसाय चौपट बन्न पुगेको छ । उक्त स्थानमा नेपाल(भारतको सीमा स्तम्भ २०० नम्बर गायब भएको वर्षौं बित्दा पनि साविक स्थानमा पुनर्निर्माणका लागि नेपाली पक्षले बेवास्था गरे पछि भारतीय पक्षले नेपाल तर्फ दावी गर्दै आएको छ ।  नेपाली भुमी तर्फ सीमाना सार्दै आएको भारतले नेपाल सरकारबाट लालपुर्जा प्राप्त जग्गा समेत नेपालीलाई भोगचलन गर्न दिएको छैन ।

ुनेपाल सरकारले दिएको लालपुर्जा बाकसमा छ तर जग्गा भारतको पोल्ठामा छ । जग्गा हुँदाहुँदै पनि बिस्थापित हुनु पर्ने नेपालीको पीडा सरकारले बुझेन ।ु पुनर्वास नगरपालिका ४ का करण सुनारले भने, ुजग्गा भारतले कब्जा गरेको १७ वर्ष भयो कहि कतै कसैले फिर्ता गराउन पहल गरिएन । २०३९ सालमा लालपुर्जा पार्को जमिन ०५८ मा खोसियो । उनले दुखेसो पोखे भारतको भुमी भए किन दिइयो लालपुर्जा होइन भने सरकारले क्षेती पुर्ती दिनु पर्ने होइन र रुु
 
त्यस्तै सीमा क्षेत्रका अर्का बासिन्दा मानबहादुर सुनारको पनि आक्रोश छ उनी भन्छन ( सीमानामा बस्ने हामी नेपाली दिनदिनै भारतीयको ज्यातदी सहन बाध्य छौ नेपालको भनेर बितरण गरिएको जग्गा भारतले खोस्दा किन बोल्दैन सरकार आक्रोश पोख्दै उनले भने आफ्नो भुमीको रक्षा गर्न किन डराउछ हाम्रो सरकार ।

दुई वर्ष अघि स्थानीय युवा गोविन्द गौतमको ज्यान जाने गरि एसएसबीले चलाएको गोलि काण्डपछि स्थितिलाई काबुमा ल्याउन प्रशासनले आवतजावतमा लगाएको रोक अबस्था सामान्य बनी सक्दा पनि फुकुवा नगरिए पछि सीमावर्ती आनन्दबजारका अधिकाँश ब्यबसायीहरुले ब्यबसाय बन्द गरि पलायन बनेका छन् । आनन्द बजारका स्थानीय व्यापारी सुरत मल्ल भन्छन् ु घटना सामान्य बनी सक्दा पनि सरकारले आवतजावत नखोलेको कारण बजारमा ग्राहक आउनै छाडे । सीमाको विवाद राष्ट्रको तर यहाँ राष्ट्र र सरकार मौन छ मार आनन्दबजारबासीले मात्रै खेप्दैछन ।ु

दुई वर्षदेखि सीमानाको देखिएको विवाद नसल्टिएपछि स्थानीय स्थानीय बासिन्दामा परेको असरका बारे रिपोर्टिङमा गएका सञ्चारकर्मी संग पुर्व सांसद दिवानसिंह बिष्टले भने, ुआफू संविधान सभाको सदस्य रहेका बेला यहाँ कलभर्ट बनाउने बिषयलाई लिएर एसएसबीले हस्तक्षेप गर्दै विवाद चुलियो। ु पुर्व सांसद बिष्टले भने ुआफुले त्यो विवाद समाधानका लागि सिडियोलाई यसै ठाउँमा पटकपटक पठाएर समाधानको प्रयास गरिए पनि एसएसबीको हस्तक्षेप रोकिएन ।हाम्रा स्थानीय युवा गोविन्द गौतमको ज्यान जाने गरि घटना भयो । मैले बारम्बार सरकारको ध्यानाकर्षण गराउदै गौतमलाई सहिद घोषणा गराउन पहल थाले । ु

उनले भने,ुयति मात्रै होइन सरकार उक्त स्थानमा पुग्नु पर्छ भन्दै सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधि, भौतिक योजना मन्त्री , कृषि मन्त्री लगायतका मन्त्रीहरुलाई बोलाएर घटना स्थलको अनुगमन र राज्यले दिने राहत सहिदकै घर आँगनमा दिन लगाइयो । ु पुर्व साँसद बिष्टले भने ु सत्ता बाहिर बस्दा भारतलाई गाली गरेर नथाक्ने साथीहरु अहिले सरकारमा छन तर सीमानाको समस्या बुझ्न र समाधान गर्न किन आउदैनन यो बुझ्नै नसकिने रहस्य छ । ु

पुनर्वासको आनन्दबजारमा झडप भएको दुई वर्ष बितिसक्दा पनि सीमाको समस्या सल्टाउन सरकारले पहल नथाल्दा स्थानिय बासिन्दाहरु निराश बन्न पुगेकाछन । स्थानीय समाजसेवी तारा गिरी भन्छन ु सीमाका जंगे पिलर गायब छन् बनाउने तर्फ सरकारको सक्रियता देखिन्न । बर्तमान सरकार र जनप्रतिनिधि संग जनताले ठूलो आश गरेका थिए तर जनताका आश र भरोसा लत्याइएको छ ।ु स्थानीय गिरीले भनेु दुई तिहाई बहुमतको सरकार समेत निरीह बन्यो हिजो राष्ट्रियता बलियो बनाउने बिकल्प मानिएका जनप्रतिनिधि आज फगत सावित भए ।ु



बुधबार १३, चैत २०७५ ०४:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.