कोरोनाको स्थिति भयावह हुदै छ भनेर त्यसबाट बाच्ने उपाय हामीले सांसद देखि संचारमाध्यमहुँदै समाजिक संजाल सम्म लिखित अथवा मौखिक रूपमा सरकारलाई सुझाव सल्लाह दिदै आइ रहेका छौं । यो कुरा देश विदेशमा अलपत्र परिरहनु भएका नेपाली जनतालाई राम्रोसँग थाहा छ ।
पहिलोपटक माघ महिनामा पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले भारत लगाएत तेस्रो मुलुकमा रहेका । नेपाल फर्किने नेपाली दाजुभाइ दिदिबहिनीहरु विवरण संकलन गरि कोरोना नेपालमा देखिनु पुर्व नै स्वदेश भित्र्याएर भारतसंग जोडिएका सबै सिमानाका किरोनाकाल सम्मलाई सिल गरि दिनु पर्छ भन्दा प्रधानमन्त्री अथवा सत्तारूढ दलका अरिगांल सेनाले हामीलाई राष्ट्रघाती देख्नु भयो ।
पछि हामी सबै नेताकार्यकर्ताले देशभरि का सम्बन्धित प्रदेश सरकारलाई सोही सुझाव सल्लाह दिएउ भारतमा अलपत्र परेका नेपालीलाई समयमै नेपाल प्रवेश गराउ र सिमानाका बन्द गरिदिउ भने सुझाव दिएउ त्यतिबेला भारतमा संक्रमितको संख्या न्यून थियोे सामुदायमा फलिएको थिएन । र नेपालमा संक्रमितको संख्या एकदम न्यून थियोे ।
त्यतिबेला झनै सरकारले सिमानाका कडाइ गर्यो वारि बाबु मर्दा पारी छोराले जंगलमा १३ दिन क्रिया गरेको छ । बिरामी भएका दिदिबहिनी दाजुभाइ महाकाली पुलमा कयौं रात काटन बाध्य भएका छन । त्यो समय सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री ज्यू कोरोनामुक्त प्रदेश भनेर डम्फू बचाए तिनका अरिगांल सेनाले कोरोना मुक्त प्रदेश भन्दै सारंगी बचाएर हिडे गाउँ गाउमा राहतको नाममा ,क्वारेन्टाइन निर्माणको नाममा सस्तोलोकप्रियताको लागि फोटो खिचेर समाजिक संजाल रंग्याउन व्यस्त भए सरकारका मन्त्री देखि तिनका सहयोगी सम्म कमिसनको हिसाबकिताब मिल्याउन र ठेकेदारबाट कमिसनको च्यानल मिलाउन व्यस्त भए ।
जब जनता ७१ दिनसम्म आफ्नो व्यापार व्यावासाय ,उधोग कलकारखाना स्कुल सबै सबै बन्द गरेर कोरोना महामारीका विरुद्धको लडाइँमा सरकारलाई सहयोग गरेर अन्तिममा जब कोरोना देशभर समुदायमा फलियो अहिले कतै क्वारेन्टाइनमा मान्छे मरि रहेका छन कतै भोक सहन नसकी आत्महत्या गरि रहेका छन , कतै गाइ गोठ छाउपडी गोठलाई क्वारेन्टाइनको नाम दिएर भारतबाट आएका दाजुभाइ दिदिबहिनी लाई बन्द गरेको छ कतै स्कुलमा लगेर कोठामा छोडेर बाहिर गेटमा पुलिसलाई राखेको छ भित्र न त पानी न त खाना छ नत औषधि स्टोर छ नत स्वास्थकर्मी छन नत ओढ्ने बिछ्याउने लुगाफाटो छन नत त्यो संख्या अनुसार चर्पी छ नत नुहाउने धुवाउने नै छन समाजिक दुरी नै कायम छ ।
एउटा ग्रुपले १५ दिनको त्यो जेल जिन्दगी काटेको हुन्छ फेरि १६ दिन पछि अर्को ग्रुप ल्याएर त्यही मिसाइन्छ । त्यसैलाई त्यसलाई क्वारेन्टाइन भनेर करोडौं रकम खर्चको विवरण दिनप्रतिदिन बढेको बढेइ छ । तमानौ ठाउँमा मरेको १०र१२ दिनपछि संक्रमित रिपोर्ट पोजेटिभ आइ रहेको छ । अहिले आएर सरकार र तिनका मन्त्री र ती फोटो खिच्ने अरिगाल सेनाले दुलोमा लुक्न मिल्छ रु ७०र७० दिन सम्म जनताले भोक र रोगसंग लडेर आज सरकारको गैरजिम्मेवार ,अक्षमता अदुरदृष्टिता कमिसन खोरी घुसखोरी जस्ता नालायकपनको कारणले नेपाली दाजुभाइ दिदिबहिनीले आफ्नो ज्यान गुमाउनु परेको छ । पर्नेवाला छ ।
जनता आत्माहत्या गर्दै छन रगर्न विवश हुँदै छ्न । यसको जिम्मेवारी कसले लिने । विधिको शासनमा रलोकतन्त्रमा राम्रो गर्नेलाई पुरस्कार र गलती गर्नेलाई दण्ड हुन्छ । नेपाली जनताले सरकारले भने जस्तै गरि ७० दिनसम्म घरमा बसे लकडाउनको उत्कृष्ट पालाना गरे । त्यसको पुरस्कार होइन उल्टै दण्ड मिलेको छ । ऋण बोक्नु परेको छ सरकारको बुट खानु परेको छ ।सडक देखी गोठ सम्म अलपत्र पर्नु परेको छ ।
ज्यान गुमाउनुपरेको छ् ।
तर सरकार र सत्तारूढ दलले चरम राजनीति गरे चरम गुटबन्दी गरे अर्को दललाई फोडने आफ्नो कुर्सी बलियो बनाउने बागचाल खेलेको करोडौं भ्रष्टाचार गरेको छ लाखौं कमिसन खाएको छ अनावश्यक तनाव उत्पन्न गरेको छ । १र१ महिना सम्म नेपाली दाजुभाइलाई पैदल हिड्न बाध्य गराएको छ तर जनताले अनुशासनमा बसे भोकै बसे नानीबाबुले स्कुलका साथीहरूको फोटो हेरेर दिन काटे वर्ष दिन सम्म गरेको मिहिनेत लाई समेत धरापमा हालेर विद्यार्थीले सरकारलाई सहयोग गरे टाउको रौ जस्तै ऋण बोकेका व्यापारीहरुले आफ्नो पसल बन्द गरे । अदम्य मिहिनेत गरेको किसानले कमिसन खोरको चपेटामा परेर आफ्नो तरकारी माछा कुखुरा खाल्डो पुरेर भारतबाट आएको विषादीयूक्त तरकारी खान बाध्य भए । भने राम्रो गर्ने जनतालाई पुरस्कार खोइ रु विपत्तिलाई अवसर सोच्ने सरकार र तिनका मत्तियार लाई कार्बाही खोइ रु
त्यो बेला यी विभिन्न समुह ठेकेदार संस्था र विभिन्न अधिकारका कुरा चुटने तिनका प्रमुख चिर निन्द्रामा सुतेका थिए तर जनता थकेनन अब जनताले यतिसम्म गरेको मिहिनेतको फल रोग र मृत्यु हो भने यसको जिम्मेवारी कसले लिने रु गम्भीर प्रश्न छ । हामी सबैले गम्भीर हुन आवश्यक छ । जनताको यस किसिमको कष्टको अवमूल्यन भए यसको परिणाम के हुन्छ रु का छन व्यापारीका संगठन , काहाँ छन विभिन्न प्रकारका अधिकारकर्मीहरु काहाँ छ्न नेपाली मानवको नाममा विदेशी डलर खाने मानवअधिकारहरु , काँहा छन नागरिकका कुरा गरि नथाक्ने नागरिक अधिकार मंचहरु काँहा छ्न उपभोक्ताको समस्य बेचेर गुजारा चलाउने उपभोक्ता अधिकारकर्मीहरु , काँहा छ्न चुनावमा मासु भात मिनिरल वाटरर कपडा साडी भेष्ट वितरण गर्ने राजनीतिक दल र साझ बिहान चरणकोमल पाउमा ढोग गर्ने तिनका नेताहरु , र काहाँ छन श्रमजीवी वर्गका नारा र भाषण ठोक्ने मार्क्सवाद लेलिनवाद र माओवाद विचार धारा ।
आज हामीले यसता प्रश्नको उत्तर खोज्ने मात्र होइन नैतिकताको कठघरामा उभ्याएर नेपाली जनताको कानुनबमोजिम कार्बाही हुनुपर्छ । हामीले आवाज बुलन्द गर्नुपर्ने समय आइसकेको छ । जनताले गरेको मिहिनेतको अपहरण गर्ने र जनता मिहिनेत अवमूल्यन गर्ने जो कोहि सरकार होश नेपाल र नेपालीको सरकार होइन बुझ्नुपर्छ । विधि शासनमा गलती गर्नेलाई कार्बाही हुन्छ जेल हुन्छ सरकार सत्ता सब जान्छ तर याहाँ क्वारेन्टाइनमा मान्छे मरि रहेका छ्न । विधि र रुति विपरीत क्वारेन्टाइन भनेका छन जनताहरु झनै बिरामी हुने आत्मविश्वास गुमाउँदै छन । आर्थिक भार समाल्न नसकेको लकडाउनको समयमा सरकारकमिसन खान्छ भ्रष्टाचार गर्छ देशको अस्मितामाथी खेलवाड गर्छ र जनताको समस्य विपरीत कर तिर्न उर्दी जारी गर्छ भने यो सरकार नेपाल आम नेपालीको सरकार होइन भने प्रमाणित हुन्छ ।
नेपाली राष्ट्रियता र नेपाली जनताको रक्षाको लागि यो सरकार बनेको होइन भनी हामी सबैले स्पष्ट बुझ्नुपर्छ । कहिँ कतै बाट सरकारी लापरबाहीले कुनै दाजुभाइ दिदिबहिनीले ज्यान गुमाउनु परे सम्बन्धि सरकार र तिनको प्रमुखले जेल जानुपर्छ र राजद्रोहको मुद्दा चलाउनु पर्छ । ठुलालाइ चैन , र सानालाई ऎन गर्न कदापि मिल्दैन अन्याय, अत्याचार , भ्रष्टाचार र विभेदका विरुद्ध हामी सबै एक जुट हौं । कानुनी राजको स्थापना गरौं । भेदभावमुक्त समाज निर्माण गरौं । चिन्तकको पहिचान गरौं । चिन्तन परिवर्तन गरौं । दल होइन । बिचारको पक्षधर बनौं । व्यक्तिले होइन विधिले शासन चलाउ ११
लेखक मिनराज वडु
केन्द्रिय सदस्य समाजवादी पार्टी
प्रतिकृया दिनुहोस