सेती अन्चल अस्पतालमा  चिकित्सकको लापरबाहीले सुत्केरीको ज्यान गएको हो भन्दै सेती अन्चल अस्पतालमा तोडफोड

देश

Yugnepal     957 पटक पढिएको    

सेती अन्चल अस्पतालमा  चिकित्सकको लापरबाहीले सुत्केरीको ज्यान गएको हो भन्दै सेती अन्चल अस्पतालमा तोडफोड

 सेती अन्चल अस्पतालमा  चिकित्सकको लापरबाहीले सुत्केरीको ज्यान गएको हो भन्दै सेती अन्चल अस्पतालमा तोडफोड

 
धनगढी चिकित्सकको लापवार्हीका कारण ज्यान गएको भन्दै धनगढी बजार बन्द गरिएको छ । वेथालागे पछि मंगलबार सेती अन्चल अस्पताल धनगढीमा भर्ना भएकी धनगढी उप–महानगरपालिका वडा नम्बर–१२ जुगेडाकी २२ बर्षिया रेखा थापाको उपचारका क्रममा मृत्यु भएको थियो । सामान्य डेलिभरी हुन नसकेपछि उनको अप्रेसन गरिएको थियो ।

मृतकका श्रीमान जय बहादुर थापाले अप्रेसन पछि उनको पेट सुन्निएको बताए । उपचारमा संलग्न डाक्टरले ग्यास्ट्रिको कारण देखाउँदै दुई दिन वेवास्ता गरेको उनको आरोप छ  । उनका आफन्तले भने शव बुझ्न मानेका छैनन् ।

मृतकका आफन्तले लापरबाही गर्ने डाक्टरलाई कडा भन्दा कडा कारवाही गरिनु पर्ने माग समेत राखेका छन् ।सेती अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेले भने घटनाबारे थप अनुसानधान गर्न छानविन गर्न कमिटी गठन गर्ने बताएका छन् ।



शुक्रबार ०८, चैत २०७५ ०४:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.