निर्मला पन्त प्रकरणमा फरार एसपी विष्ट अदालतमा उपस्थित

देश

Yugnepal     840 पटक पढिएको    

निर्मला पन्त प्रकरणमा फरार एसपी विष्ट अदालतमा उपस्थित

 

भीमदत्तनदगर । कञ्चनपुर भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्याय र यातनाविरुद्धको कसुर मुद्दामा फरार अभियुक्त डिल्लीराज विष्ट मंगलबार बिहान अदालतमा उपस्थित भएका छन् । विष्ट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक हुन्। हाल उनि बर्खास्त छन् ।

कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले अदालतको ३५ दिने सूचना जारी भएका बेला बर्खास्त प्रहरी उपरीक्षक एसपी  विष्ट केहीबेर अघि अदालतमा निवेदनसहित उपस्थित भएको बताए।

निर्मला पन्त हत्या प्रकरणमा विष्टसहित केही प्रहरी कर्मचारीविरुद्ध निर्मलाका आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसुर र भीमदत्तनगरपालिका–१९ बागफाँटाका दिलीपसिंह विष्टका दाजु खड्क विष्टले यातनाविरुद्धको कसुरमा गत पुसमा उजुरी दिएका थिए । श्रेष्तेदार अवस्थीले अदालतमा उपस्थित भएका विष्टको बयानपछि थुनछेक बहस हुने जानकारी दिए।

उनिसँगै अदालतमा अनुपस्थित रहेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी का प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी भने उपस्थित भएका छैनन् । मुद्दाका आरोपी अन्य प्रहरी कर्मचारी यसअघि जिल्ला अदालत कञ्चनपुरबाट धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपुरले उनीहरुलाई रु दुई लाख ५० हजारदेखि पाँच लाखसम्म धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो ।  हाम्राकुराबाट



मङ्गलबार ०५, चैत २०७५ ०६:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.