फ्रान्सबाट आएकी युवतीमा कोरोना भेटिएपछि टेकुमा उपचार हुँदै, स्वास्थ्य मन्त्रालयले गर्यो पुष्टी

Yugnepal     1008 पटक पढिएको    

फ्रान्सबाट आएकी युवतीमा कोरोना भेटिएपछि टेकुमा उपचार हुँदै, स्वास्थ्य मन्त्रालयले गर्यो पुष्टी

काठमाडौं। स्वास्थ्य मन्त्रालयल नै काठमाडौंमा एक युवतीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी गरेको छ। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण पछिल्लो घटना फ्रान्सबाट आएकी युवतीमा देखिएको मन्त्रायले जनाएको छ।

चैत ४ गते मंगलवार फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक १९ वर्षीया युवतीमा कोरोनाको संक्रमण देखिएको मन्त्रालयले पत्रकार सम्मेलन गरेरै जानकारी दिएको हो।

उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा राखिएको छ। विमानस्थल ओर्लिनासाथ उनलाई क्वारेन्टाइनमा राखिएको थियो। अहिले उनको उपचार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भइरहेको छ।

उनीसँगै आएका अरु सबैलाई क्वारेन्टाइनमै राखिएको सोमवार स्वास्थ्यमन्त्रालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा मन्त्री भानुभक्त ढकालले जानकारी दिए।



सोमबार १०, चैत २०७६ ०१:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal