जयपृथ्वी नगरपालिकाको पाँचौ नगरसभा उदघाटन नेपाली काँग्रेस नगरसभा सदस्यद्धारा बंस्कार

Yugnepal     1247 पटक पढिएको    

जयपृथ्वी नगरपालिकाको पाँचौ   नगरसभा   उदघाटन  नेपाली काँग्रेस   नगरसभा सदस्यद्धारा   बंस्कार

 
 बझाङ्ग स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ४ दफा १९ बमोजिम आज बझाङ्ग जिल्लाको जयपृथ्वी नगरपालिकाको पाँचौ नगरसभा तथा हिउदे अबिधेशन उदघाटन भएको  छ । नगरप्रमुख बिरेन्द्र ब खडकाको अध्यक्षतामा संचालित सभाले नेपालको  संबिधानको अनुसुची ८ मा स्थानीय तहको अधिकार उल्लेख भए अनुसार स्थानीय तहले आप्ःनो अधिकार क्षेत्र भित्रको आर्थिक अधिकार सम्बन्धि बिषयमा कानुन बनाउने बार्षिक बजेट बनाउने निर्णय गर्ने नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयन गर्ने संबैधानिक ब्यावस्था अनुरुप चालु आर्थिक वर्ष ०७६÷०७७सालको समीक्षा गरेको छ । चालु आर्थिक वर्ष को लागि रु ४३ करोड ४१ लाख १६ हजारको बजेट स्वीकृत भएकोमा जिम्मेवारी सरिआएको रु३ करोड ९१ लाख २५ हजार आर्थिक मामिला तथा योजना मन्त्रालयबाट बिषेश अनुदान थप रु ७५ लाख अर्थ मन्त्रालयवाट समपुर अनुदानमा थप रु १ करोड १२ लाख बिशेष अनुदानमा थप रु २१ लाख र सर्सत अनुदानमा थप रु २१ लाख समेत सभाले पारित गर्नुपर्ने रु ५१ करोड ६१ लाख ४१ हजार ६ सय ८५ संशोधित बजेट सभामा पेश भएको छ ।
प्रशासकिय खर्च २ करोड ७९ लाख १८ हजार ४ सय २६ आर्थिक बिकास ३ करोड ६० लाख ३ हजार पुर्वाधार बिकास २करोड २लाख ६६ हजार ७ सय ५९ सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र ५६ लाख ५९ हजार ६ सय ६१ सामाजिक विकास तर्फ ११ करोड ७९ लाख ४० हजार ५ सय ६३  लगाएतका शिर्षकमा गरि बित्तिय हस्तान्तरण र आन्तरिक स्रोतवाट प्राप्त हुने रकम मध्ये चालु तर्फ १५ करोड ५१ लाख ११ हजार ९ सय ११ र पुजिगत तर्फ ३ करोड २३ लाख ४५ हजार १ सय ९८ गरि कुल ४१।८२५रकम हाल सम्म खर्च भएको छ । ऐतिहासिक तथा मानवतावादी व्यक्तित्व जयपृथ्वी बहादुर सिँहको नामले नामाकरण गरिएको यस नगरपालिका प्राकृतिक स्रोत ,धार्मिक पर्यटन र कृषिको पर्याप्त सम्भावना बोकेको स्थान नगरपालिका भए पनि कार्यक्रमका प्रमुख अथिति रहेका प्रतिनिधि सभा सदस्य भैरव वहादुर सिंहले कार्यक्रमको पहिलो चरणमा बोलेर सभाका सदस्यको बिचार सुन्न नचाहेको र गरिमामय सभाको मान मर्यादा प्रति आच आउने काम गरेको भन्दै नेपाली काँग्रेस निकटका नगरसभा सदस्यले सभालाई बईस्कार गरेको छ ।



सोमबार १२, फागुन २०७६ ०४:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal