अमित मेडिसिनका सञ्चालक दुस्यन्त बस्नेत प्रहरी नियन्त्रणमा

Yugnepal     1434 पटक पढिएको    

अमित मेडिसिनका सञ्चालक दुस्यन्त बस्नेत प्रहरी नियन्त्रणमा

धनगढी  - कर चुक्ता प्रमाणपत्र किर्ते गरेर टेण्डर हत्याएको पुष्टि भएपछि धनगढीको अमित मेडिसिन डिस्ट्रिब्युटर्सका सञ्चालक दुस्यन्त बस्नेत प्रहरी कार्यालयमा उपस्थित भएका छन्। अदालतले पक्राउका लागि अनुमती दिएको झण्डै दुई महिनापछि बस्नेत आँफै प्रहरी कार्यालयमा उपस्थित भएका हुन्।

अर्का सञ्चालक प्रदीप अग्रवाल भने अझै फरार छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले सरकारी छाप दस्तखत किर्तेका अभियुक्त बस्नेत आँफै प्रहरी कार्यालयमा उपस्थित भएको बताए।

उनीमाथि थप अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ। उक्त मुद्धामा अभियोग पुष्टि भए ७ बर्ष सम्म कैद र ७० हजार जरिवानाको व्यवस्था रहेको छ। दिने खबरबाट



मङ्गलबार २८, माघ २०७६ ०७:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal