डडेल्धुराको तापक्रम माइनस ०.५ डिग्री, ठाउँ–ठाउँमा आगो ताप्ने व्यवस्था

Yugnepal     1369 पटक पढिएको    

डडेल्धुराको तापक्रम माइनस ०.५ डिग्री, ठाउँ–ठाउँमा आगो ताप्ने व्यवस्था

डडेल्धुरामा अत्याधिक चिसो बढेपछि जिल्ला सुरक्षा समितिले अमरगढी नगरपालिकाका विभिन्न ठाउँमा आगो ताप्ने व्यवस्था मिलाएको छ।

तेस्रोपटक परेको भारी हिमपातपछिको लगातार भइरहेको वर्षाले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको जनजीवन प्रभावित बन्दै गएपछि बिहीबार पनि जिल्ला सुरक्षा समितिले आगो ताप्ने व्यवस्था गरेको हो।

बुधबार पनि आगो ताप्ने व्यवस्था मिलाएको समितिले त्यसलाई बिहीबार पनि निरन्तरता दिएको हो।

जिल्ला सुरक्षा समिति समिति र विपद् व्यवस्थापन समितिको पहलमा आगो ताप्ने व्यवस्था गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार डिभिजन वन, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँगको समन्वयमा यहाँका चोकमा लागो ताप्ने व्यस्था गरिएको हो।

अमरगढी नगरपालिका–५ को बसपार्कदेखि अमरगढी नगरपालिका–७ पोखरासम्मका विभिन्न १५ ठाउँमा स्थानीय नागरिक तथा बटुवाहरूलाई आगो ताप्ने व्यवस्था गरिएको डडेल्धुरा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

चोक–चोकमा आगो बालिएपछि स्थानीय व्यापारी, बटुवालगायत आगो ताप्न झुम्मिएका छन्।

आगो ताप्ने व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारी पौडेलसँगै डिएसपी न्यौपाने, सशस्त्र प्रहरी बल डडेल्धुराका प्रहरीका प्रमुख भुवनराज पन्तलगायत खटिएका थिए।

बिहीबार डडेल्धुराको न्यूनतम तापक्रम माइनस ० दशमलव ५ डिग्री सेल्सियस छ। यो तापक्रम यस वर्षको अहिलेसम्मकै न्यून हो । डडेल्धुरामा वर्षा २५ मिलिमिटर भएको छ। युनिटी खबरबाट साभार



शुक्रबार २५, पुष २०७६ ११:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal