जीप दुर्घटनामा ज्यान गुमाएका ३ जनाको सनाखत, एक जना अझै वेपत्ता

Yugnepal     994 पटक पढिएको    

जीप दुर्घटनामा ज्यान गुमाएका ३ जनाको सनाखत, एक जना अझै वेपत्ता


धनगढी– कर्णाली नदीमा जीप खस्दा ज्यान गुमाएका ४ मध्ये तीन जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार जीप मालिकसमेत रहेका चालक बाजुराको जगन्नाथ गाउँपालिका ५ का २७ वर्षीय रमेशबहादुर शाही, हिमाली गाउँपालिका वडा नम्वर ६ का ३६ वर्षीय पवन भण्डारी र कैलाली जिल्ला मोहन्याल गाउँपालिका ५ का ३३ वर्षीय दिनेशकुमार घर्तीमगरको घटनास्थलमै मृत्यु भएको छ।

बाजुराका प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटका अनुसार मृतक मध्ये एक जनाको सनाखत हुन सकेको छैन। जीपमा सवार बाजुरा स्वार्मीकार्तीक खापर गाउँपालिका –४ वाई बस्ने १३ वर्षीय सुशिला विक वेपत्ता छिन्। उनको खोजीकार्य जारी रहेको प्रहरी नायव उपरीक्षक भाटले बताए।

दुर्घटनामा परेर अन्य ४ जना घाइते भएका छन्। घाइते हनेमा मुगुका २० वर्षीय गोम्चो लामा, सोही ठाउँका २१ वर्षीय टोर्चे लामा, बाजुरा बुढिनन्दा ६ की २२ वर्षीया सरु विक र उनकी २ वर्षकी छोरी रहेकी छन्।

उनीहरु मध्ये टोर्चे र सरुको अवस्था गम्भीर रहेको र सेनाको हेलिकोप्टरमार्फत सुर्खेत लैजाने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक भाटले बताए ।

घाइतेको अहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको छ। से १ ज १०६४ नम्बरको जीप बिहीबार दिउँसो काजुराको हिमाली गाउँपालिकामा भीरबाट कर्णाली नदीमा खसेको थियो।

 



बिहिबार १७, पुष २०७६ ०७:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal