सुनसरीको हरिपुरमा एकजनाको शव बोकेको एम्बुलेन्स र ट्रक ठोक्किँदा ६ जनाको मृत्यु

Yugnepal     923 पटक पढिएको    

सुनसरीको हरिपुरमा एकजनाको शव बोकेको एम्बुलेन्स र ट्रक ठोक्किँदा ६ जनाको मृत्यु

सुनसरी –  अपडेट  सुनसरीको कोशी गाँउपालिका–७ हरिपुरस्थित पूर्वपश्चिम राजमार्गमा शनिबार राति भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। घटनास्थलमा शव भने सातजनाको छ । एकजनाको शव लिएर जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका हरिपुरमा शनिबार राति करिब साढे १२ बजे विराटनगरबाट उदयपुरका लागि छुटेको एम्बुलेन्स र पश्चिमबाट पूर्वका लागि छुटेको मालवहाक ट्रक ठोक्किँदा सातजनाको मृत्यु भएको हो।

विज्ञापन

प्रहरीका अनुसार विराटनगरस्थित गोल्डेन अस्पतालबाट उदयपुर फर्कने क्रममा को १ च नम्बर एम्बुलेन्सका चालक उदयपुरका २८ वर्षीय राजेश दनुवार, ५० वर्षीय तुलाबहादुर राई, ३८ वर्षीय दुर्गाधन राई, ३४ वर्षीय मुकेश राई र समान ३२ वर्षका टेकेन्द्र राई र दिनेश राईको घटनास्थलमै मृत्यु भएको हो। उनीहरु ८५ वर्षीया शिवमाया राईको शव लिएर जाँदै थिए ।

ना २ ख ९०८२ नम्बरको मालबहाक ट्रक प्रहरीको नियन्त्रणमा रहे पनि ट्रकका चालक भने फरार छन्।  सातैजना उदयुपर निवासी भएको प्रहरीले जनाएको छ। उनीहरुको शव जिल्ला अस्पताल इनरुवामा राखिएको छ। देश संन्चार बाट साभार

 



आइतबार १५, मङि्सर २०७६ ०९:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.