अर्घाखाँची दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या १९ पुग्यो

Yugnepal     694 पटक पढिएको    

अर्घाखाँची दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या १९ पुग्यो

 

 


काठमाडौँ – अर्घाखाँची जिल्लाको नरपानीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ। १७ जनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए ।

दुर्घटनामा घाइते भएका १५ जनाको बुटवलमा उपचार भइरहेको छ । एक जना गम्भीर घाइतेलाई थप उपचारका लागि राति नै काठमाडौँ पठाइएको खत्रीले बताए । १८ जना घाइते मध्ये दुईजनाको अवस्था सामान्य रहेको उनले बताए । अहिलेसम्म मृत्यु हुने मध्ये आठजनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा रुपन्देही बाँसगढीका ३१ वर्षीय वसन्त भन्ने चालक ओम बहादुर थापा, सन्धिखर्क नगरपालिका वडा–७ बस्ने ५६ वर्षीय शिवलाल भट्टराई‚ बलराम भट्टराई, ५० बर्षीया माया पुरी, २२ वर्षीया मनिका खड्का, भुमिकास्थान नगरपालिका–९का १९ वर्षीय शैलेस थापा, सन्धिखर्क नगरपालिका–३की सीता भाट, सशस्त्र प्रहरी बल रुपन्देहीमा कार्यरत गुल्मीका राजकुमार महत रहेका छन्।

अन्य मृतकको सनाखतको प्रयास भइरहेको प्रहरीले जनाएको छ । शवहरु जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको छ । चालकको समेत घटनास्थलमै मृत्यु भएकोले दुर्घटनाको कारण खुल्न नसकेको प्रहरी निरीक्षक खत्रीले बताए । उनका अनुसार दुर्घटना भएको सडक निर्माणको क्रममा थियो ।  देश सञ्चार  बाट साभार 



बिहिबार १२, मङि्सर २०७६ ११:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.