प्रचण्डकै उपस्थितिमै कुटियो टेक बहादुरलाई, टाउकोमा सात टाका

Yugnepal     847 पटक पढिएको    

प्रचण्डकै उपस्थितिमै कुटियो टेक बहादुरलाई, टाउकोमा सात टाका


चितवन। नेपाल कम्युनिष्ट पार्टी नेकपाका दोस्रो वरियताका अध्यक्ष प्रचण्ड चितवनमै भएको बेला खैरेनी नगरपालिका वडा नम्वर ४ चैनपुरमा कांग्रेस कायकर्ता टेक बहादुर परियारमाथि घरमै कुटपिट भएको छ।

प्रचण्ड तीन दिनदेखि चितवनमा रहेका छन्। उपनिर्वाचनका क्रममा चितवनमा हुन लागेको स्थानिय चुनावलाई प्रतिष्ठाको लडाई बनाएर प्रचण्ड चितवनमै रहेका बेला हालै नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका टेक बहादुरमाथि घरमै कुटपिट भएको हो। नेकपा परित्याग गरि आएका परियारलाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंसिर ६ गते स्वागत गरेका थिए।

नेकपाको स्थानिय नेता दिपक मगरको नेतृत्वमा आएकाहरुले आफूमाथि सोमवार राती ९ वजेतिर आक्रमण भएको बताए। चुनावको बेलामा नेकपा परित्याग गरि कांग्रेस प्रवेश गर्ने भन्दै दिपकको नेतृत्वमा आएको एक हुलले आफमाथि परिवारकै अगाडी धारिलो हतियार समेत प्रयोग गरि आक्रमण गरेको परियारले बताए। उनले आक्रमणकारीको पार्टी नेकपालाई चुनावमा हराएर जवाफ दिन सबै स्थानियहरुलाई आग्रह गरेका छन्।

चितवन मेडिकल कलेजको आकस्मिक कक्षमा उपचाररत परियारको टाउकोमा गम्भिर चोट लागेको छ। परियारको टाउकोमा ७ टाँका लगाइएको तथा शरिरभरि लौरोले हानेको नीलडाम रहेको चितवन कांग्रेस सभापति जितनारायण श्रेष्ठले जानकारी दिए।

सभापति श्रेष्ठले आक्रमणकारीहरुको बारेमा प्रहरीलाई किटानी जाहेरी दिइएको तथा प्रसासनलाई कानुनी कार्वाहीको लागि भनिएको बताए। प्रचण्ड जिल्लामै भएको बेलामा भएको यो आक्रमणले नेकपा आत्तिएको देखिएको श्रेष्ठले बताए।

नेपाली कांग्रेसको माहौल देखिएपछि नेकपाका नेता कार्यकर्ता आक्रमणमा उत्रिए पनि आफूहरुले संयम अपनायरै चुनाव जितेर जवाफ दिने श्रेष्ठले बताए।



मङ्गलबार १०, मङि्सर २०७६ ११:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal