२०७६ को दशैंमा ५ दिन छुट्टी , घटस्थापनामा छैन विदा

देश

Yugnepal     907 पटक पढिएको    

२०७६ को दशैंमा ५ दिन छुट्टी , घटस्थापनामा छैन विदा

२०७६ को दशैंमा ५ दिन छुट्टी , घटस्थापनामा छैन विदा

काठमाडौं  चैत्र १। सरकारले नेपालीहरुको महान पर्व दशैंमा ५ दिन विदा दिने भएको छ । शुक्रबार राजपत्रमा प्रकाशित सूचना अनुसार दशैंमा ५ दिन विदा दिईएको भएपनि सरकारले दशैंको सुरुवात हुने घटस्थापनाको दिन भने विदा दिएको छैन । 

असोज १८ गते फुलपातीको दिनदेखि असोज २२ गते एकादशीको दिनसम्म सरकारले विदा दिएको हो । त्यस्तै, सरकारले तिहारमा ३ दिन विदा दिएको छ । कात्तिक १० गतेदेखि कात्तिक १२ गतेसम्म विदा दिने कुरा शुक्रबार प्रकाशित राजपत्रमा उल्लेख छ । 

त्यस्तै, क्रिसमसको दिन ईसाईहरुको लागिमात्रै विदा दिने भएको छ भने ईस्लामहरुको बकर ईद र ईदुल्ल फित्रमा पनि ईस्लामहरुको लागि मात्रै विदा दिईने भएको हो । क्रिसमस पुष ९ गते बुधबार परेको छ ।



शुक्रबार ०१, चैत २०७५ ०५:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.