धनगढी विमानस्थल १ महिनाको लागि बन्द हुने भएको छ । मंसिर १ गतेदेखि गत जेठमा १८ सय मिटर मध्ये चार सय २० मिटर कालोपत्रे धावन मार्गमा र पार्किङ क्षेत्रमा ओभरले को काम बाँकी रहेकोले त्यसलाई निरन्तरता दिन दिउँसो ३ बजेदेखि साँझ ७ बजे सम्मका लागि बन्द हुने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले बताए ।
नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग छ।
विमानस्थल बन्द हुने भएपछि धनगढीबाट काठमाडौँका लागि हुने दैनिक उडान प्रभावित हुने भएका छन्।दैनिक ४ घण्टाका लागि बन्द हुने भए पछि यात्रुहरुलाई असहज हुने अपेक्षा गरिएको छ ।
प्रतिकृया दिनुहोस