पर्यटन राज्यमन्त्रीद्वारा पदबाट राजिनामा

युग संवाददाता     758 पटक पढिएको    

पर्यटन राज्यमन्त्रीद्वारा पदबाट राजिनामा


धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राज्यमन्त्री पदबाट राजिनामा दिनुभएको छ ।
राज्यमन्त्री रावलले आइतबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजिनामा बुझाउनु भएको हो । हुन् । उहाँले एक प्रेस विज्ञप्ति जारी गर्दै कञ्चनपुरको एक क्याम्पसको शेयर विक्रीमा संलग्नताको आरोप लागेपछि नैतिकताका आधारमा राजिनामा दिएको बताउनु भएको छ ।
‘क्याम्पसको शेयर विक्रीमा मेरो कुनै संलग्नता नरहेको विषयमा झुठा उजुरी दिंदा प्रहरीको अनुसन्धानमा म उपर कही कतै आरोप नहुँदा नहुँदै पनि जवरजस्ती मुद्दा सृजना गर्ने प्रयास केही व्यक्तिहरुले गरेको छन,’ राज्यमन्त्री रावलले विज्ञप्तिमा उल्लेख गर्नु भएको छ ।
उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ ममाथि लगाउन खोजिएका आरोप तथा लाल्छनाको निश्पक्ष र तथ्ययुक्त छानविन होस् र त्यस्तो पुर्वाग्रहरी वस्तुपरक छानविनमा मेरो पुर्ण सहयोग रहने छ । छानविन गर्न र न्याय स्थापित होस भन्ने मान्यताले आफूले उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्रीबाट राजिनामा गरेको बताउनुभयो ।
उहाँले विज्ञप्तिमा आफूले दुई दशकदेखि व्यवसाय सञ्चालन गर्दै आएको भएपनि भ्रम सृजना गर्न हठाट सम्पत्ति सुद्धिकरणको दायरामा तान्ने प्रयास भएको सुन्दा आश्चर्यमा परेको पनि उल्लेख गरेका छन् ।
रावलले ११ महिना अगाडि २०७५ असोज २३ गते प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।  रावल कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ‘क’ बाट निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ ।

 



आइतबार २४, कार्तिक २०७६ ०८:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.