सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला पन्तद्वारा पदभार ग्रहण फोटो फिचर

पदभार ग्रहण

Yugnepal     1457 पटक पढिएको    

सुदूरपश्चिम प्रदेश प्रमुख  शर्मिला पन्तद्वारा पदभार ग्रहण  फोटो फिचर


सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख शर्मिला पन्तले आज पदभार ग्रहण गरेकी छिन्। आज पदभार ग्रहण गदै प्रदेश प्रमुख पन्तले  संन्चारकर्मीहरु संग कुरा गदै  सरोकारवाला नियकाए प्रदेशका जनताको सहयोग र सहकार्य अपेक्षा राखेको बताएका छिन् । 

  आज पदभार ग्रहण गरेकी हुन्। यसअघि प्रदेश मन्त्री, प्रदेश सांसद, सुरक्षाकर्मी, कर्मचारीहरुले फूलमाला सहित स्वागत गरेको थियो।

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, आर्थिक योजना तथा मामिमा मन्त्री झपट बोहरा, भौतिक पुर्वाधार मन्त्री पठान सिंह बोहरा, लगायतका मन्त्री, उपसभामुख, लगायत प्रदेश सभाका सासद, प्रदेशका मुख्यसचिव र संघीय सरकारका उच्च पदस्थ कर्मचारीहरु, सुरक्षा निकायका प्रमुख लगायतले स्वागत गरेका थिए ।

पदभार ग्रहण गर्दै नवनियुक्त प्रदेश प्रमुखले सुदुरपश्चिमेलि जनताको चाहना अनुरुप आफुले काम गर्ने बताइन ।
 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी  नेकपा को सचिवालयले टुंगो लगाएको नाम सरकारबाट सिफारिस भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पन्तलाई सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेकी थिईन्।


आइतबार मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले सबै प्रदेश प्रमुखलाई पदमुक्त गरेकी थिइन्।  पन्त तत्कालीन माओवादी सम्बद्ध बेपत्ता परिवार समाजको अध्यक्ष हुन्।



बिहिबार २१, कार्तिक २०७६ १२:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.