प्रदेश सरकारद्वारा १६ एम्बुलेन्स वितरण

Yugnepal     1108 पटक पढिएको    

प्रदेश सरकारद्वारा १६ एम्बुलेन्स वितरण

 


 सुदूरपश्चि प्रदेश सरकारले आज  १६ वटा निर्वाचन क्षेत्रका लागि  खरीद गरिएका १६ वटा एम्बुलेन्स  वितरण गरेको छ। प्रदेश सरकारले ३१ असारमा पहाडी १६ निर्वाचन क्षेत्रका लागि भनेर खरीद गरेका अत्याधुनिक १६ वटा एम्बुलेन्स आज वितरण गरेको हो। सुरुमा पहाडका १६ निर्वाचन क्षेत्रका लागि भन्दै एम्बुलेन्स खरिद गरिएपनि पटक–पटक स्वास्थ्य सस्थाको नाम फेर्दै अहिले आएर तराईका अस्पतालमा समेत वितरण गरिएको हो।

सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पताल कैलाली र महाकाली अस्पताललाई समेत एक÷एक थान एम्बुलेन्स हस्तान्तरण गरेको छ। यस्तै दार्चुलाको दुहु गाउँपालिकामा रहेको हिकिला स्वास्थ्यचौकी, नौगाड गाउँपालिकास्थित खार स्वास्थ्यचौकी, बैतडीको कुलाउ स्वास्थ्यचौकी, रायल प्राथमिक स्वास्थ्य केन्द्र बझाङ र बझाङकै मटेला स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ।

यस्तै डडेल्धुराको परशुराम नगरपालिकास्थित जोगबुढा अस्पताल, नवदुर्गा गाउँपालिकाको नवदुर्गा स्वास्थ्यचौकी, डोटीको जिल्ला अस्पताल, अछामको बाब्ला स्वास्थ्यचौकी, कमल बजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र, बान्नीगढी स्वास्थ्यचौकी र जिल्ला अस्पताल अछामलाई एकरएक थान एम्बुलेन्स हन्तान्तरण गरिएको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले सुरुवातमा बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र र टाटे स्वास्थ्य चौकी, दार्चुलाको हिकिला र खार, बैतडीको रुद्रेश्वर र कुलाउ, बझाङको मटेला र रायल, डडेल्धुराको भागेश्वर र नवदुर्गा स्वास्थ्य चौकी, डोटीमा जिल्ला अस्पताल र चवराचौतारा स्वास्थ्य चौकी, अछामको जिल्ला अस्पताल, बाब्ला स्वास्थ्य चौकी, बान्नीगढी र विनायक स्वास्थ्य चौकीलाई एम्बुलेन्स वितरण गर्ने सुची बनाएको थियो।

प्रदेश सरकारले एम्बुलेन्स खरीदका लागि आर्थिक वर्ष २०७५र०७६ मा ६ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। त्यसमध्ये ६ करोड २७ लाख ३८ हजार ५ सय रुपैयाँमा १६ वटा एम्बुलेन्स खरिद गरिएको हो।

सुदूरपश्चिमका अधिकांश स्वास्थ्य संस्थाका एम्बुलेन्समा साइरन र अक्सिजन सिलेन्डर बाहेकका सुबिधा नभएको अवस्थामा नयाँ वितरण गरिएका १६ वटा एम्वुलेन्समा फुल एसी सहित मुटुको धड्कन नाप्ने मनिटर, अक्सीजन सिलिण्डर, सुरक्षाका अन्य थुप्रै उपकरण लगायतको सुबिधा छ।

 



बुधबार २०, कार्तिक २०७६ ०६:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal