कर्णालीबाट प्रदेश प्रमुख नबनाएकोमा नेकपा भित्रै विरोध, कसलाई कहाँको जिम्मेवारी

Yugnepal     922 पटक पढिएको    

कर्णालीबाट प्रदेश प्रमुख नबनाएकोमा नेकपा भित्रै विरोध, कसलाई कहाँको जिम्मेवारी


काठमाडौं। तत्कालिन सरकारले २१ महिना अघि नियुक्त गरेका प्रदेश प्रमुखलाई हटाएर सत्तारूढ नेकपाले आफ्ना नेताहरुलाई नियुक्ती गरेको छ। सोमवार बसेको नेकपा सचिवालयको वैठकले भागवण्डा मिलाएर नाम टुंगाएपछि मन्त्रीपरिषदको वैठकले ति नामलाई अनुमोदन गरेको हो।

प्रदेश प्रमुख बनाउँदा कर्णालीबाट नसमेटिएकोमा नेकपा वृत्तमा पनि असन्तुष्टी देखिएको छ। नेकपाका विदेश विभाग उपप्रमुख बिष्णु रिजालले कतै मेयर हारेकालाई प्रमुख बनाइदा कर्णाली छुटेको भन्दै कर्णालीका कुन मापदण्डमा परेनन् भनेर प्रश्न गरेका छन।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलक परियार, सिरहाका धर्मनाथ यादव, झापाका बिष्णु प्रसाई, डलेल्धुराका गोबिन्द कलौनी, काठमाडौका शर्मिला त्रिपाठीलाई सचिवालय बैठकले सरकारलाई सिफारिस गरेको हो।

सरकारले निर्णय गरेका ७ जनामा ३ जना पूर्व माओवादी ४ जना एमालेको भागमा परेका छ्न्। विष्णु प्रसाई, सोमनाथ प्यासी, धर्मनाथ यादव र गोविन्द कलौनी पूर्व एमाले निकट हुन भने शेरचन, परियार र त्रिपाठी माओवादी पृष्ठभूमिका हुन्।

यि नामहरुलाई मन्त्रिपरिषद बैठकले निर्णय गरी राष्ट्रपतिलाई पठाउने छ। राष्ट्रपतिले यिनै व्यक्तिलाई आजै नियुक्त गर्ने सम्भावना छ। सत्तारुढ दल समाजवादीले पनि एकजना प्रदेश प्रमुख दावी गरेपनि नेकपाले उसलाई भाग लगाएन।

कुन प्रदेशमा को प्रमुख

प्रदेश १ सोमनाथ प्यासी
प्रदेश २ तिलक परियार
प्रदेश ३ बिष्णु प्रसाई
गण्डकी अमिक शेरचन
प्रदेश ५ धर्मनाथ यादव
कर्णाली  गोविन्द कलौनी
सुदूरपश्चिम  शर्मिला त्रिपाठी



सोमबार १८, कार्तिक २०७६ ०६:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal