बझाङको कालंगा जलविद्युत आयोजनाको सुरुङ भत्किँदा ४ मजदुर सम्पर्कविहीन

Yugnepal     721 पटक पढिएको    

बझाङको कालंगा जलविद्युत आयोजनाको सुरुङ भत्किँदा ४ मजदुर सम्पर्कविहीन

 


ललित बोहरा -डडेल्धुरा  बझाङको कालंगा जलविद्युत आयोजनाको सुरुङ भत्किँदा ४ मजदुर बेपत्ता भएका छन्।

जिल्लाको बुङ्गल नगरपालिक १ स्थित कालंगा जलविद्युत आयोजनाको काम गर्ने क्रममा सुरुङ भत्किँदा ४ जना मजदूर सम्पर्कविहीन भएका हुन्।

आइतबार दिउँसो करिब ३ बजे उनीहरु सुरूङभित्र छिरेका थिए। सुरूमा सुरुङभित्र ६ जना छिरे पनि २ मजदुर भने श्वास फेर्न गार्हो भएको भन्दै तत्कालै निस्किएका थिए। तर, ४ जना भने अहिलेसम्म सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख गणेशबहादुर बमले बताए।

काम गर्ने क्रममा सुरुङ भत्किएर चारै जना भित्र थुनिएको र उनीहरुको मृत्यु भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ। सम्पर्कविहीन हुनेमा दैलेखका कर्णबहादुर शाही, महेन्द्रबहादुर शाही, अछामका महेन्द्र साउद र बझाङका शेरसिंह धामी रहेका छन्।

घटनास्थलमा पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धारको प्रयास गरिरहेका छन्। सुरुङ भत्किएकाले उद्धार गर्न कठिनाइ भएको र काठमाडौंबाट उद्धार टोलीलाई बोलाइएको प्रहरी प्रमुख बमले जानकारी दिए। ुउनीहरूको उद्धार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली रातभर खटिए पनि सम्भव नभएपछि काठमाडौंबाट उद्धार टोली मगाइएको छ,ु डिएसपी बमले भने, ुकाठमाडौंबाट हेलिकोप्टरमा उद्धार टोली बझाङ आइरहेको छ।ु

७५ मेगावाट क्षमताको कालंगा जलविद्युत आयोजनाको उक्त सुरुङ ३ सय मिटर लामो छ। नेपाल लाइभ बाट



सोमबार १८, कार्तिक २०७६ ११:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.