बाजुरा त्रिवेणी नगरपालिकामा भूमि पुजन गायत्री महायज्ञ हुने

Yugnepal     829 पटक पढिएको    

बाजुरा त्रिवेणी नगरपालिकामा भूमि पुजन गायत्री महायज्ञ हुने


धनगढी, १७ कार्तिक  बाजुरा त्रिवेणी नगरपालिकामा भूमि पुजन गायत्री महायज्ञ हुने भएको छ । नगरपालिकाको आयोजनामा पहिलो पटक कार्तिक २६ गते देखि २८ गते सम्म लाग्ने भएको हो । भवन लगाउन भन्दा अगाडि महायज्ञ हुन लागेको हो । महायज्ञमा संकलन भएको रुपैयाँ दुखी र विपद्मा परेका व्यत्तिहरुलाई सहयोग गर्ने छन् ।
नगरपालिकाको केन्द्रविन्दु वडा नम्बर ४ को टुडेगडामा हुने नगरपालिका सुचना तथा सञ्चार प्रविधि अधिकृत नरेशराज पन्तले जानकारी दिए । महायज्ञ सम्पन्न गर्नका लागि दुई वटा समिति गठन गरिएका छन् । नगर प्रमुख रामसिंह रावलको संयोजक्तोमा मुल समिति गठन गरिएको हो ।
यस्तै महायज्ञ सञ्चालनका लागि ७ वटा उप–समिति गठन गरिएको छ । आर्थिक तथा सामाजिकमा वडा नम्बर ३ का अध्यक्ष मिनबहादुर भण्डारी, अतिथि सत्कारमा वडा नम्बर ८ का अध्यक्ष भिमबहादुर थापा, भोजन व्यवस्थापनमा वडा नम्बर ७ का वडा अध्यक्ष प्रेमबहादुर थापा, मञ्च व्यवस्थापनमा वडा नम्बर ४ का काले साउँद, स्वयंम् सेवक परिचालकमा वडा नम्बर ६ का वडा अध्यक्ष खड्कबहादुर बुढा रहेका छन् ।
पुजा व्यवस्थापनमा वडा नम्बर ९ का वडा अध्यक्ष बिरबहादुर विष्ट, प्रचारप्रचार समितिमा उपप्रमुख राधिकादेवी सुनार र स्वास्थ्य उस–सतितिमा स्वास्थ्यका कर्मचारी शंकर विष्ट रहेका छन् । भजन किर्तनमा वडा नम्बर ५ का कार्यवाहक वडा अध्यक्ष कमल बुढा रहेका छन् ।
अहिले अस्थायी कार्यलय नगरपालिकाको भवन वडा नम्बर ४ को विमेलीमा रहेका छ ।



आइतबार १७, कार्तिक २०७६ ०४:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.