बौनियामा बसको ठक्करबाट गम्भिर घाईते दुई बालकको मृत्यु

Yugnepal     1330 पटक पढिएको    

बौनियामा बसको ठक्करबाट गम्भिर घाईते दुई बालकको मृत्यु

बौनिया  कैलालीमा बसको ठक्करबाट गम्भिर घाईते भएका दुई बालकको मृत्यु भएको छ । बर्दगोरिया गाँउपालिका १ बौनिया बजार नजिकै महेन्द्रनगरबाट काठमाण्डौका लागि छुटेको महाकाली यातायातको ना ७ ख ६०४६ नम्बरको बसको ठक्करवाट गम्भिर घाईते भएका दुवैको उपचारका क्रममा मृत्यु भएको हो ।
 

मृत्यु हुनेमा मामाघर गएका घोडाघोडी नगरपालिका वडा नम्बर ८ का १२ वर्षिया लक्ष्मण चौधरी र बर्दगोरिया गाँउपालिका वडा नम्बर १ का ८ बर्षिया अंशु चौधरी रहेका छन् । साईकलमा बिपरीत दिशाबाट आईरहेका बालकलाई बसले अन्य सवारी साधनलाई उछिन्न खोज्दा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

गम्भिर घाईते दुबैजनालाई बर्दगोरिया अस्पतालमा सामान्य उपचार पछि नेपालगंज रेफर गरीएको थियो । ति मध्ये एक बालकलाई नेपालगंजवाट फेरि भारतको लखनउमा लगिएको थियो । दुवैको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीको नियन्त्रणमा रहेका छन् ।



शुक्रबार १५, कार्तिक २०७६ १२:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal