सृष्ट्वाखिलं जगदिदं सदसत्स्वरुपं ।शक्त्या स्वया त्रिगुणयापरिपाति विश्वम् ।।
संह्स्य कल्प समये रमते तथैका ।ता सर्व विश्व जननी मनसा स्मरामि ।। दे भा
बिजय भनेको जीत हुनु हो । असत्य माथि सत्य को बिजय भएको तिथीको नाम दशमी भएकोले बिजया दशमी भनिएको हो । सत्यको एक पखेटा असत्यलाई ढाकेर सत्य बनाउने क्रममा असत्य चाहि रक्तबिज जस्तै चक्रबर्ति रुपमा बृद्धि हुदै हजार पखेटा भएर पनि सत्य लाई जित्न सक्दैन । ढिलो भए पनि सत्य भनेको सत्य हो उस्को कहिले हार हुदैन हार हुनु भनेको असत्य कै हुन्छ । देख्नमा असत्य नै बलियो देखापर्छ किनकी उसले सत्य भन्दा हजार गुना ठूलो रुपमा देखिन्छ । सज्जनले एक मुखले सहि बोल्दा असत्यबादिले दश मुख बराबर नाना प्रकारका बकबास गरेर सत्यलाई ढाक्न पटिृ लाग्दछ कालान्तरमा असत्यको प्रयास भनेको बालु मा पानीको काममा परिणत हुन जान्छन । कहिले शुम्भ निकुम्भ,कहिले महिषासुर,कहिले रावण,तारक,कंश,दन्तबक्र,पौण्ड्र्क जो जे असुर मतिले सत्यबादीलाई परास्त गर्न जति ठूलै शक्ति प्रयोग गरेपनि असत्य पछि सम्म अर्थात दिगो कहिले रहन सकेन उस्को सर्ब नास भएरै छाड्यो ।
दशमी त बर्षमा २४ वटा पर्दछन प्रत्येक तेश्रो बर्षमा अधिक मास पर्ने भएकोले अधिकमास बर्षमा त झन एक महिना बृद्धि हुन गई दशमी आदि तिथीको संख्या २६ हुन पुग्दछ । अर्थात प्रत्येक बर्षमा दशमीको संख्या २४ पर्दछन । बर्षमा चार नबरात आउंदछन । यस्मा दुई वटा नबरात्री प्रकट हुन्छन । दुईवटा चाहि गुप्त नवरात्री कहलाईन्छन । पहिलो चैत्रशुक्ल प्रतिपदा देखी चैत्र शुक्ल नवमी सम्म जस्लाई चैते दर्शै भनिन्छ । दोश्रो आषाढ शुक्ल पक्ष प्रतिपदा देखी अषाढ नवमी सम्म गुप्त नवरात्री भनिन्छ । तेश्रो आश्विन शुक्ल प्रतिपदा देखी आश्विन शुक्ल नवमी सम्म प्रकट हुने नबरात्री को पर्ने बिजया दशमी अर्थात दुर्गा पक्ष पनि भनिएकोछ । नौरात भनेको प्रतिपदा देखी नबमी तिथी सम्म जम्मा नौ रात हुने हुनाले नौरात्री , नबरात्री, नवरता भनेर भनिएको हो । र चौथो चाहि माघ शुक्ल प्रतिपदा देखी माघ शुक्ल नवमी सम्म गुप्त नवरात्री भनिन्छ । हिन्दूहरुका चार वटा महान पर्व मध्ये ब्राह््मणको लागि रक्षा बन्धन क्षेत्रियका लागि बिजया दशमी वैश्य जातीका लागि तिहार र कनिष्ट जातीका लागि होली भनेर शास्त्रले बाडे पनि चारै चाडपर्व चारै जातीका महान पर्ब नै हुन सबै जातीले सबै पर्बलाई महान पर्बकै रुपमा मान्दै आएका ९१०छन । दुर्गा पक्ष भन्नाले रात पन्ध्र हुनुपर्ने मा नौ मात्रै किन रु नौ अंक नै असाधरण गुण भएको अंक हो ।जस्तै ०९ एकाम ९ ९२० ९ दुना १८ ९ १ र ८ जोड्दा ९ ९३० ९ तिना २७ ९२ र ७ जोडदा ९ हुन्छ ९४० ९ चौका ३६ ९ ३ र ६ जोडदा ९ नै हुन्छ ९५० ९ पन्जे ४५ ९४ र ५ जोड्दा ९ नै हुन जान्छ । ६० ९ छक्का ५४ ९ ५ र ४ जोडदा ९ नै हुन जान्छ ।७० ९ सत्ता ६३ ९ ६ र३ जोडेमा ९ नै हुन जान्छ । ८० ९ अटठा ७२ ९ ७ म९ २ जोडे ९ नै हुन्छ –९० ९ नमा ८१ ९ ८ मा १ जोडेमा नै ९ नै हुन जान्छ १०० ९ दशाम ९० नब्बे अर्थात ९ मा ० जोडे जम्मा ९ नै हुन पुग्दछ । नौ को बिलक्षण गुण भएकोले पन्ध्र अंक मध्ये दुर्गा पक्षमा ९ अंक नै शुभ तथा असाधारण अंक मानिएकोले नौरता मानिएको हुनसक्छ यो पंत्तिकारको निजी बिचार हो ।
२० नबधा १० श्रवण २९कीर्तन३९स्मरण४०पादसेवन ५०अर्चन ६०वंदन ७०दास्य, ८०आत्म ९०निवेदन
३ ० नब रत्न हरु ःहिरा, माणिक,मोती,मुंगा,पन्ना,लीलम,गोमेत,पद्मराग र वैधूर्य रत्न
४० नव ग्रह सूयर्, चन्द्र ,मंगल, बृहस्पति,बुध,शुक्र शणि,राहु र केतु
५ ० नबदुर्गा हरु शैलपुत्री,ब्रह्मचारिणी, चन्द्रघण्टा,कुष्माण्डा, स्कन्धमाता,कात्यायनी,कालरात्री महागौरी र सिद्धिदात्री ।
सिद्धीदात्री गरी २ देखी १० बर्ष कि कन्या लाई नव दुर्गा अनुष्ठान कार्यक्रमा दुर्गाको रुप मानेर पुजा गरिन्छ । दुर्ग लाई किल्ला पनि भनिन्छ दुर्ग रुपी कठिन किल्ला लाई भवानी ले सजलै रुपमा कृपा गरेर कल्याण भक्तलाई पार गर्नु हुन्छ भव भनेको संसार हो जस्ले यस संसारको र धर्मको रक्षा गर्दछ असत्य माथि बिजय गर्दछ धर्म र साधु को रक्षा गर्दछ अधर्मको नास गर्दछ त्यसै शक्तिलाई भवानी भनिन्छ । भवानी भव पत्नी कालिका पुरणानुशार शिवजीकी भार्या नै भनिएकोछ ।
६० सृष्टिको सुरुवातमा प्रजापति ब्रह्माजी बाट मानस संकल्पबाट नब ब्राह्मण उत्पन्न भए जो निम्नानुशार उल्लेख छन जस्तै ः
मरिची,बशिष्ट,अत्रि,भृगु,अंगिरा,पुलत्स्य,पुलह,ऋृतु र दक्ष नौ जना लाई नब ब्राह्मण भनियो ।
७० पृथ्वी जसको अर्को नाम सर्वसाहा पनि हो । मत्र्य,नराधाम पृथ्बीलोक,बसुन्धरा आदि धरा धाम भनेर पृथ्बीका तमामौ नामछन । यस पृथ्बीको देवताहरु अबतरण गर्ने पुण्य स्थान जम्बूदीप भित्र पर्दथ्यो यस पबित्रभूमिलाई पनि नौ भागमा नै बिभाजन गरिएको थियो जस्तै अजनाभ बर्ष आदि नौ वटा बर्ष थिए पछि तीन जना भरत हरुले राज्य गरेकोले कालान्तरमा यस सम्पूर्ण भाग भारत बर्षमा परिणत भयो । नौ वटा बर्ष यस प्रकार छन ः अजनाभ बर्ष,रमणक बर्ष,हिरण्यबर्ष, ऐरावत बर्ष,कुमुदोचरबर्ष,सुकुमारबर्ष,मोदाकी बर्ष, मणिकाञ्चन बर्ष र कुमार बर्ष ।
८० यस स्थूल शरिर रुपि घरको पनि नौ वटा नै झयालढोका ९छिद्र०¬ रहेकाछन जस्तै दुई आंखा दुई नाक छिद्र, एक मुख कान दुई, जनेन्द्रि एक र गुदा९आपस्थ० एक गरी नब ढोका रहेकाछन ।
९० सृष्टिकर्ता पितामह ब्रह्मा जी पनि ब्राह्मण हुन सृष्टिहुनमा शुक्रको पनि उत्तिकै सूक्ष्म रुपमा न भई नहुने आवस्यकता भएकोले शुक्र पनि ब्राहमण नै हुन । पितामह ब्रहमा जीका आठ आंखा र आचार्य शुक्र को एक आंखा मिलाई ९ नौ हुन जान्छन । ९ नौ अंक बारे बिचार मात्रै गर्न खोजिएको प्रसंग भिन्नै ल्याउछ भन्नु होला ०
बिजया दशमी सम्बन्धमा ः
बिभिन्न कल्पका बिभिन्न युगमा दानवले त्रिलोकमा निकै आतंक मात्र मचाएनन साधु सन्त देव मानवमा अत्याचार गरी अमराबती दरवारको सिंहासनमा समेत आरुढ भएर हाहाकार मचाउंदा देवताहरु विष्णुको शरणमा गएका र सबैका आ आफ्ना तेजले प्रकृति नै सुन्दर स्त्रीको रुप धारण गरी अत्याचारीको संहार गरी स्वर्गलोकको सिंहासन देवराजलाई पुर्नवहाली गराएको कुरो पुराणमा उल्लेख गरेको पाईन्छ ।
स्कन्धमहापुराणका अनुशार चित्रसम नामक एक दैत्य थियो । उ ज्यादै सुन्दर र तेजिलो थियो । उसलाई रागाको सवारी मन पर्दथ्यो अर्थात उसको सवार भैसो थियो । एक दिनको कुरो थियो उ आफ्नो सबारी साधन भैसीमा चढेर गंगा किनारमा जलजन्तुको शिकार गरिरहेको थियो । महर्षि दुर्वाषा त्यहि निर समाधीमा थिए । त्यस दैत्यले आफ्नो सवारी भैसी द्धारा ऋृषिलाई धक्का पुगाए । आंखा खोलेर हेर्छन त चित्र सम दानवको सवार भैंसोले धक्का लगाई समाधी भंग गर्ने लाई आफ्ना सामु देखि क्रोधित भएर चित्रसम लाई श्राप दिए । तं आजिवन भैसो भैहालेस मोटो बुद्धि । चित्र सम भनेको हिरण्यकश्यपुको कान्छो भाइ हिरण्याक्षको छोरो थियो । आफ्नो शिष्यले दुर्वासाबाट भैसो हुने श्राप पाएको सुन्दा दैत्य गुरु शुक्रलाई नराम्रो लागेर उनले चित्र सम ९महिष०लाई शिवजीको शरण जाने सल्लाह दिए तर दुर्वाषाको श्राप निश्फल भने हुन सक्तैनथ्यो । उसले शिवजी संग बर माग्यो कि म स्त्री बाहेक कसैवाट पनि न मरु । कसैले पनि उसलाई मार्न न सकोस । शिव बाट यस्तो बर पाउना साथ उसले तुरुन्त अमराबती दरवार आक्रमण गर्यो त्रिलोकी सम्राट देवराज इन्द्रलाई मुण्टाएर स्वर्गको राज गद्यीमा आफु बिराजमान भयो । देवताको भागाभाग भयो । उसु्को अत्याचारबाट शिवका जेठा छोरा जो देवसेनापती पनि थिए । उनको नाम कुमार स्कन्ध थियो । उनको समुहलाई सारै रिस उठयो । उन्ले संगठन बनाए । सबै देवता लाई निकै क्रोध उठ्दा क्रोधको आबेशमा सबैका कोखबाट एक अलौकिक तेज प्रकट भयो । सबैको तेज एकत्रित भएर एकै छिनपछि तेज नै एक सुन्दर कुमारीको रुपमा परिणत हुन पुग्यो । स्कन्ध,बिष्णु,इन्द्र,शंकर आदिले आ आफे्ना तर्फबाट त्यस सुन्दरी कुमारीलाई हतियार हरु पनि दिए । कुमारी रुप भएकि स्त्री सिंहको सवार गरेर बिन्धयाचल पर्बतमा तप गर्न गईन । कुमारीको सौन्दर्यको बर्णन सुनेर महिष भने आफ्नी पत्नी बनाउने उद्येश्यले कुमारी नजिक गएर प्रस्ताव राख्न थाल्यो । देबीले कति सम्झायो भैसी बुद्धि के मान्थ्यो । देबीले झपारिन अहं मानेन । उल्टै हात हाल्न खोज्न लाग्यो अन्तमा आफुसंगका बिभिन्न शक्ति प्रयोग गरिन । चित्रसम९महिष० पनि मायाबि थियो । घाइते भएपछि देबी संग मनुष्य रुप भएर पनि लडने दुस्साहस गदैथ्यो देबी अर्थात सत्य भवानीको अगाडी असत्य आतंकारी आततायी के टिक्थ्यो उस्को सफाया भै छाडयो । कुनै पुराण्मा भने देबीले देबतालाई भन्नु भएकोछ यस दुष्टको म ज्यान पनि लिदैन छोडन पनि छोड्दैन भनेर सदैब उसकी चुप्पी समातेर नियन्त्रणमै राख्नु भएको छ भन्ने कुरो पनि पाइन्छ ।
२०मार्कण्डेय पुराणानुशार यो रंम्भ नामक दैत्यको छोरो थियो । यस्को चालढाल भैर्सीका जस्तो थियो । यसले हेमगिरिमा कठिन तप गरेर ब्रह्माजीबाट स्त्री जाती बाहेक कुनै पुरुष जातीले मलाई मार्न नसकुन । ब्रह्माबाट यसतो असाधारण बर पाएर स्वर्गलोकको शासुन आफ्ना कव्जामा लियो र देवतालाई स्वर्गबाट भगाउन सफल भयो । सबैलाई सताएको देखी देवताले भगबतीको स्तुती गरे । भगबतीले कालिका रुप प्रकट गरेर त्यस अत्याचारी दैत्यको कुलको सफाया गरी देव मानव साधु सन्त धर्मको रक्षा गर्नु भयो ।
देबी भागबतका आधारमा देबीको उत्पत्तीका सम्बन्धमा यस प्रकार उल्लेख भएको पाईन्छ ः महिषासुर द्धारा परास्त भएर सबै देबगणहरु ब्रह्माजीका पास गए । ब्रह्माजी शिवजी तथा देवताका साथ भगवान बिष्णुको धाम गए । बिष्णुले भन्नु भयो कि त्यस दुष्ट महिषासुरलाई मार्न तपाईहरु सबै देबताहरुले आ आफ्नी स्त्रीहरु संग सल्लाह गरेर आ आफ्नो अलि अलि तेज निकालेर सबैको तेजलाई एकट्ठा गरेर त्यस तेज समुहबाट एक सारै सुन्दर स्त्री उत्पन्न हुनेछिन सुन्दर स्त्री देख्ने बित्तिकै दानव हुरुक्क हुनेछ । त्यसै शक्तिशाली कुमारी स्त्रीले नै त्यस दुष्टको संहार गरिदिनेछिन । देवताले पनि बिष्णुले भने झै गरेर त्यसै तेजबाट सुन्दर स्त्री उत्पन्न भईन जो आद्यशक्ति प्रकति भगवबती बाट नै त्यस असुरको संहार भयो ।
अर्को कथा शुम्भ निशुम्भको अत्याचारबाट पीडित इन्द्रादि देवताहरुले प्रकृतिको प्रार्थना गरे देवहरुको प्रार्थनाबाट एक महिला उत्पन्न भइ उसैको शरीर बाट भगबती प्रकट हुन गइन । पहिले इन्को रंग कालो भएकोले इन्को नाम कालिका रहन गयो ।
त्यस्तै अर्को कथा देबताको अधिकार खोसिन जांदा सबै देबताहरु मिलेर हिमालयमा गएर देबीको स्तुति गर्न लागे । त्यस बेला भगबती पार्वती आईन उनका शरीर वाट शिवा प्रकट भईन । जस्लाई सरस्वती पनि भनिएकोछ यसरी सरस्तीदेबी पार्बती देवीको कोखबाट बाट उत्पन्न भइन त्यसैले इन्को नाम कौशिकी नाम रहन गयो । कौशिक निकल्ना साथ पार्वतीको शरीर कालो हुन गयो । यसैले भगबतीको एक नाम कालिका रहन गयो । यसरी देबीले प्रमुख दुई रुप प्रकट गरेकिछिन एक ज्यादै सुन्दर शान्तिदायक र अर्को चाही कराल कुरुप डरलाग्दो । साधु सन्त धर्मी लाई रक्षार्थ सुहाउने शान्तिदायक स्वरुप र आततायी परास्तमा सुहाउने कुरुप यसरी देबीबाट प्रकट भएको छ । यसरी बिभिन्न युगमा त्रिलोकका रोगका रुपमा उत्पन्न भएको आतंककारी आततायीको सफाया गर्ने साईत तथा सफाया हुने तिथि भने यसै महिनाको शुक्ल दशमी जुरेकोले यस आश्विन शुक्ल पक्षमा पर्ने दशमीलाई बिजया दशमी भनिएकोछ ।
त्रेता कालमा भगवान श्रीरामले आततायी रावणलाई मार्न लंका जाने साईत पनि यस बिजया दशमीमा नै जुरेको थियो । यस पक्षको दशैमा सेतुबन्ध गरीसकेपछि यसै बिजयादशमी तिथीमा लंका नगरीको ९ सुबेल सुन्दर र नील जसलई त्रिकुट पनि भनिएकोछ० यात्राको साईत गरिएको थियो । चैते दशै अर्थात आफ्ना जन्म दिनका दिन भगवान श्रीराम आततायी धूर्त रावणलाई मार्न सफल हुनु भएको थियो ।
अन्तमा बलि प्रथाका नाममा पृथ्बीका कुनै पशुको हत्या हिंसा नगरेर आफ्नो औकात अनुशारको मात्र खर्चले यस महान पर्बलाई मनाउ कर्जा काडेर जीब हत्या गरेर दशै मनाउने काम नगरु । निरीह पशुको हत्या गरेर देबी प्रशन्न हुन्छिन भन्ने अन्धविशास मनैबाट निकाली दिउं । कसै जीबको हत्या गरेमा भगबती खुसी हुने छैनन रिसले कराल हुनेछिन अप्रशन्न हुनेछिन मेरो सन्तानको अनाहकमा हत्या गरिदियो भनेर । बलि शव्दको गहन अध्ययन गरौ ।पण्डितजीहरुले गहन अध्ययन गरेर यजमानलाई बलिको नाममा पशुको बिभत्स हत्या हुन वाट रोक्नु हुनेछ । आफु र यजमानलाई रौरव नरक पनि एक दुई जुनी मात्र होइन जति त्यस जीवको शरीरमा रौ हुनेछन त्यति नै जुनी सम्म हत्याका लागि बेच्ने,काटन आज्ञा दिने,खाने इष्ट मित्र जस्ले त्यस बलिलाई रमिता मानेर हेरे रुयाल काडेर गए ति कसैलाई देबीले छुट दिनेछैनन सबै जना जीबका शरीरमा भएका रौ बराबर जुनी त्यसै नरकमा बडो कष्ट दायक बिताउनु पर्ने छ । बलि गराउने पण्डितज्यू यजमानलाई मन्त्र सुनाउने हुनाले बुद्धिजिबीमा पर्नु हुन्छ ब्राह्मण भनेको बिद्धानलाई भनिएकोछ । ब्राह्मण्मले मन्त्र सुनाएर जीबलाई बलिको नाममा हत्या गराएको भनेर धर्म शास्त्रबाट थप नरक भोग्नु पर्नेछ । किनभने पहिले त्यस पशुको कानमा मन्त्र सुनाएर शिष्य बनाई सकेपछि त्यस्कोहत्या गराईयो त्यो महापापको भागी हुनुपर्ने भयो बुद्धिजीबी गुरुजनले । त्यसैले यस २१ औ सदीमा अनादिकाल देखीको समस्त पृथ्बीभरिकै महागुरु हिन्दु बैदीक सनातन धर्मलाइर्, अर्थको अनर्थ लगाएर हत्या हिंसा जस्ता पापतिर जानबाट बचाउन चनाखो भएर रहौ जिभ्राका स्वाधका लागि निरीह पशुको हत्या न गरौ न गराऔ । जीब हत्या रोक्न एक जुट होऔ मनुष्य जन्मजात शाकाहारी हो यस्को प्रकृति नै शाका हारी नै छ अज्ञानबश जे भयो भयो अब त्यस्को प्रायश्चित गरौ सभ्य मनुष्य बनौ कसैको सन्तान मारेर आफ्नो बिजया दशमी मनाउने काम कुनै हालतमा पनि नगरौ । हरे जस्को सन्तान मारिएकोछ त्यस जीब कि पनि आमा होली बिना आमा उ जिव कसरी जन्मेको होला । कसै पशु स्त्रीको सन्तान काटेर आफ्नो सन्तान रमाउनु पर्ने एकछिन आंखा बन्द गरेर मुटुमा हात राखेर दुई तीन मिनेट मात्र त्यस काटिने पशुलाई, त्यसकि माताको कल्पना गर्दे जानुस फेरी आफुलाई आफ्नी जननीलाई आफ्ना सन्तानलाई आंखा बन्द गरेर मानस रुपमा मौन भएर सोधौ । कल्पना गरौ । भित्रको ब्रह्मले जे सल्लाह दिन्छ मनन गरौ । कुनै कालमा नर वलि पनि थियो । मानिसको बलि दिने अन्धविश्वास निरिह गरिवका छोरा खरिद गरेर बलि दिइन्थ्यो त्रेतामा हरिचन्द्रले शुनशेफ नामक एक गरिबको बालक किनेर खम्बामा बांधेका थिए । विश्वामित्रले कृपा गरेर नर बलि हुन बाट रोकेर त्यस बालकलाई आफ्नो जेठो पुत्रको रुपमा स्थापित गरेका थिए । वलि भनेको पुजा गर्ने हो मारिहाल्ने चाहि होइन ।
अन्तमा यस परिधावी सम्बत्सर बि स २०७६ सालको असोज २१ गते आईरहेको बिजया दशमी तथा शुभ दिपनवली तथा षठपर्बको पावन अबसरमा सुख समृद्धि एबं उत्तरोत्तर प्रगतीको लागि मंगलमय हार्दिक शुभ कामना व्यक्त गर्दछु । अस्तु । हरिॐतत्सत ।हरिॐतत्तसत।।हरिॐतत्सत ।।।
लेखक टि आर पाठ धनगढी उप म नपा ५ त्रिलोकी नगर धनगढी,कैलाली
प्रतिकृया दिनुहोस