धनगढी खाद्य संस्थाले केन्द्रलाई छलेर भाडामा  जग्गामा निजी अस्पताल, सरकारीलाई वेवास्ता

देश

Yugnepal     1120 पटक पढिएको    

धनगढी खाद्य संस्थाले केन्द्रलाई छलेर भाडामा  जग्गामा निजी अस्पताल, सरकारीलाई वेवास्ता

 

धनगढी  खाद्य संस्थान सेती अञ्चल कार्यालयको जग्गामा निजी अस्पताल सञ्चालनमा ल्याइन लागेको छ। यस प्रदेशको बाजुरा, बैतडी, अछाम, बझाङ लगायतका पहाडी सात जिल्लाका लागि चामल भण्डारण गर्ने गोदाम संस्थानले भाडामा दिएको हो।

मासिक ६५ हजारमा संस्थानले सारथी अस्पताल प्रालि नामक निजी अस्पताललाई जग्गा भाडामा दिएको जनाइएको छ। बेदप्रकाश जोशीसहित पा“च जनाको लगानीमा सो अस्पताल सञ्चालनमा आउन लागेको छ। १५ शैय्यासहितको सञ्चालनमा आउन लागेको सो अस्पतालमा थारु समुदायमा देखिने सिकलसेलको उपचारसहितको कुत्रिम गर्भाधान, क्यान्सर लगायतको विशेष सेवा सुविधा रहने म्यानेजर डाइरेक्टर जोशीले बताए। अस्पतालमा झण्डै पा“च करोड लगानी रहेको उनले बताए।

उनले अस्पतालमा इर्मेजेन्सी कक्ष, रिसेप्सन, प्रयोगशाला लगायतको तयारी भइसकेको छ भने अप्रेसन कक्ष, एक्सरे मेसिन लगायतका आवश्यक सामाग्रीहरु ल्याउने काम भइरहेको बताए। अस्पतालमा आवश्यक कक्षका लागि गोदाममा ‘पार्टेसन’ गरिएका छन्।

उनले खाद्य संस्थानसंग अस्पताल सञ्चालनका लागि सम्झौता भएको बताए। ‘केन्द्रबाट सहमति गरेरनै अञ्चल कार्यालयले टेण्डर आह्वान गरेको थियो’ उनले भने ‘टेण्डर प्रक्रियामै गएर सो सम्झौता भएको हो।’ 

यस विषयमा खाद्य संस्थानका सेती अञ्चल प्रमुख प्रेमसिंह भण्डारीले नियम अनुसारनै जग्गा भाडामा दिएको बताए। ‘हामीले केन्द्रको स्विकृति लिएर टेण्डर आह्वान गरेका थियौं’ उनले भने। उनले आवश्यकता भन्दा बढी भएका गोदामहरु विगतदेखिनै भाडामा दिइरहेको बताए।

खाद्य संस्थानले धनगढीको मोहनपुरस्थित चार वटा गोदाममा झण्डै १०÷१० हजार गरि ४० हजार क्विन्टल चामल भण्डारण गरिरहेको छ। संस्थानले मुख्य बजारमा रहेको गोदाम भने सबै भाडामा दिएको छ। संस्थानको गोदामहरु भण्डारी सु सेन्टर, अमित मेडिसिन र निजी अस्पताललाई भाडामा दिइएको संस्थानका प्रमुख भण्डारीले बताए।

नेपाल खाद्य संस्थानका सूचना अधिकारी शंकर सापकोटाले गोदामलाई भाडामा दिन सहमति भएपनि अस्पताल सञ्चालनको प्रयोजनका लागि नदिइएको बताए। ‘गोदाम प्रयोजनका लागि दिइएको हो। अस्पताल सञ्चालनका लागि होईन्’ उनले भने ‘त्यहा“ अस्पताल सञ्चालन भइरहेको बारे हामीलाई जानकारी छैन्।’ उनले संस्थानले आफुलाई आवश्यक परेको बेला प्रयोग गर्ने गरि गोदाम भाडामा दिने गरेको बताए।

सरकारी अस्पतालसँगै निजी 
सेती अञ्चल अस्पताल परिसरमै जोडिएको छ खाद्य संस्थानको गोदाम। सोही गोदामलाई संस्थानले निजी अस्पताललाई भाडामा दिएको हो।

नियम अनुसार कुनै पनि निजी अस्पताल सरकारी अस्पतालसँगै राख्न नमिल्ने व्यवस्था छ। निजी अस्पतालहरु सरकारी अस्पतालको प्राङ्गणभन्दा पा“च सय मिटर दुरीमा हुनुपर्छ। 

कुनै पनि अस्पताल सञ्चालन गर्दा भर्सक आफनै जग्गामा हुनुपर्ने वा भाडामा भए कम्तीमा १० वर्षसम्मको सम्झौता हुनुपर्ने व्यवस्था छ तर, सञ्चालनमा आउन लागेको सारथी अस्पतालका म्यानेजर डाइरेक्टर वेदप्रकाश जोशीले भने ‘प्रत्येक दुई वर्षमा १० प्रतिशत भाडा वृद्धि गर्दै सम्झौता बढाइने सहमति भएको छ।’ यस्तै, सवारी साधन पार्किङ्का लागि पनि जग्गा अभाव रहेको छ।

सारथी अस्पतालले अनुमतिका लागि धनगढी उपमहानगरपालिकामा आवेदन पेश गरेको जनाइएको छ। धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डाक्टर खगेन्द्र बमले भने ‘अहिले उपमहानगरपालिकामा दुई वटा अस्पताल सञ्चालनका लागि आवेदन परेको छ तर, स्पष्ट ऐन कानुन नबन्दा अनुमति दिन सकिएको छैन्।’ उनले धनगढी उपमहानगरपालिकाभित्र रहेका निजी अस्पतालको नविकरण, अनुगमन तथा नियमन लगायतमा समस्या भइरहेको बताए।

सरकारलाई वेवास्ता
नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य संस्थानले स्थानीय तह र सरकारलाईनै वेवास्ता गरेको छ। 

धनगढीस्थित सेती अञ्चल अस्पताललाई जग्गा अभाव भएपछि खाद्य संस्थानसँग सो गोदामको जग्गा माग गरिएको थियो। सेती अञ्चलले प्रदेश सरकार र संघीय सरकारसंग पटक–पटक सो जग्गाका लागि परिपत्र गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेले बताए। ‘हामीले आफै पनि संस्थानलाई आग्रह गर्दा दिन नमिल्ने प्रतिक्रिया पाएका छौं’ मेसु पाण्डेले भने ‘जग्गा अभावका कारण अस्पतालमा सेवा सुविधा विस्तार र गुणस्तर बनाउन समस्या भएको छ।’

सेती अञ्चल अस्पतालका जसरीनै धनगढी उपमहानगरपालिकाले सो जग्गा माग गरेको थियो। धनगढी उपमहानगरपालिकाले सवारी साधनका लागि सो जग्गा माग गर्दा संस्थानले दिन नमिल्ने प्रतिक्रिया दिएको धनगढी उपमहानगर प्रमुख नृपबहादुर वडले बताए।

केन्द्रलाई छलेर भाडामा
खाद्य संस्थानले स्थायी रुपमा कुनै पनि अस्पताल वा कार्यालयलाई गोदाम भाडामा नदिने उल्लेख गरेको छ। गोदाम प्रयोजन अर्थात औषधी भण्डारण, जुत्ता, कपडा लगायतको भण्डारण प्रयोजनका लागि सो गोदाम भाडामा दिने गरेको नेपाल खाद्य संस्थानका सूचना अधिकारी सापकोटाले बताए।

खाद्य संस्थान सेती अञ्चल कार्यालयले केन्द्रीय कार्यालयलाईनै छलेर निजी अस्पताललाई भाडामा दिएको देखिन्छ। संस्थानका सूचना अधिकारी सापकोटाले भने ‘गोदामी प्रयोजनका लागि भाडामा दिने स्विकृति दिएका हौं। अस्पताललाई दिएको बारे थाहा छैन्।’ उनले गोदाम संस्थानलाई आवश्यक परेको समयमा छोड्ने सर्तमा भाडामा दिइने गरेको बताए।



शनिबार २५, फागुन २०७५ ०५:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.