गुड्दै गरेको बसलाई रोकेर आगो लगाएपछि

युग संवाददाता     1080 पटक पढिएको    

गुड्दै गरेको बसलाई रोकेर आगो लगाएपछि

नवलपरासी। पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा यात्रु बाहक बसमा अज्ञात समुुहले आगजनी गरेको छ।

महेन्द्रनगरबाट काठमाडौंतर्फ जादै गरेको ना ६ ख ८४५३ नम्वरको यात्रुबाहक बसमा अज्ञात समुहले विहिवार बिहान ५ बजे बर्दघाट नगरपालिका वडा नं ४ खुर्सानी खोला भन्ने स्थानमा आगजनी गरेको हो। बसमा सवार यात्रुहरु सुरक्षित रहेका छन् ।

आगजनीबाट बसमा लाखौंको क्षती भएको छ। थप बिवरण आउन बाकी रहेको ५ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

गन्तव्यमा गइरहेको सवारीलाई रोकेर कस्ले कुन प्रयोजनको लागि आगजनी गर्यो खुल्न सकेको छैन्।आगजनी पछि यात्रुहरू भने डरमा देखिएका थिए।

आगजनी कसले किन गर्यो भन्ने खुल्न नसकेको र घटनामा संलग्नहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

 



बिहिबार २६, भदौ २०७६ ०८:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal