८ बर्ष सम्म बिजुली नबलेपछि कैलालीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

८ बर्ष सम्म बिजुली बलेन

Yugnepal     745 पटक पढिएको    

८ बर्ष सम्म बिजुली नबलेपछि कैलालीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध


रकम संकलन गरेको ८बर्ष सम्म बिजुली नबलेपछि कैलालीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ। स्थानीयले घोडाघोडी ग्रामिण विद्युत सहकारी संस्थामा तालाबन्दी गर्दै अहिले राजमार्ग अवरुद्ध पारेका हुन्। घोडाघोडी नगरपालिका वडा नम्वर ४ र ५ का स्थानीय बासिन्दाले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका हुन्।

जिल्लाको घोडाघोडी नगरपालिकाका ४ वटा वडा, गौरीगंगा नगरपालिकाको एउटा र कैलारी गाउँपालिकाको एउटा वडाका वासिन्दाले रकम संकलन गरेर बुझाएको ८ बर्ष सम्म पनि बिजुली बाल्न पाएका छैनन्। विजुली बल्ने सपना देखाउँदै २०६८ र २०६९ सालमा घोडाघोडी विद्युत सहकारीले स्थानीयबाट रकम संकलन गरेको थियो। तर अहिले सम्म विद्युतीकरणको कार्य समेत सकिएको छैन्।

विद्युतीकरणमा भएको ढिलाईका कारण घोडाघोडी नगरपालिकाका वडा नम्बर  ४, ५, ७ र ९ गौरीगंगा नगरपालिकाको ११ नम्बर वडा र कैलारी गाउँपालिकाको ८ नम्बर वडाका वासिन्दाहरु अझै अन्धकारमा छन्। २०६९ सालमा प्रति परिवार एक हजार पाँच सय रुपैयाँका दरले रकम उठाईएको थियो। विद्युतीकरणका लागि पनि ठेक्का सम्झौता भएको पाँच वर्ष भएको छ तर काम पूर्ण भएको छैन्। दिनेश खबर बाट साभार समाचार

 



बुधबार २५, भदौ २०७६ ०४:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal