मोहियानी नदिएको आरोपमा व्यक्तिको निजी घरसहित जग्गा विप्लवले गरे कब्जा

कब्जा

Yugnepal     989 पटक पढिएको    

मोहियानी नदिएको आरोपमा व्यक्तिको निजी घरसहित जग्गा विप्लवले गरे कब्जा


झापा । मोहियानी हक नदिएको भन्दै नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापामा निजी घरसहित व्यक्तिको जग्गा कब्जा गरेको छ ।

लिम्बुवान स्वयत्त प्रदेश जनपरिषद झापाले मोहियानी हक नदिएको भन्दै शुक्रवार दिउँसो गौरदह नगरपालिका–९ का भूपेन्द्र ढुंगानाको घरसहित जग्गा कब्जा गरेको हो ।

जनपरिषद्ले तत्कालीन जनसत्ता एवं सामाजिक रूपमा पटक(पटक गरिएका लिखित सहमति १५ दिनभित्र लागू गर्न पीडक भूपेन्द्र एवं उनका परिवारले भोगचलन गरिराखेको जग्गासहित घर कब्जा गरिएको घोषणा गरेको छ । कब्जा गरिएको जग्गामा ब्यानर पनि टाँगिएको छ ।

ब्यानरमा पीडित चन्द्रमणि हस्ताको परिवारलाई मोहियानी हकवापत दिनुपर्ने जग्गा नदिएको, पीडित परिवारलाई अदालत र प्रशासन प्रयोग गरी घर संरचना खाली गर्न आतङ्क सिर्जना गरेको र तत्कालीन जनसत्ताको निर्णय एवं सामाजिक अगुवाहरूको रोहबरमा गरेको लिखित सहमति उल्लङ्घन गरेकोले १५ दिनभित्र पीडितले न्याय नपाए जिल्ला जनपरिषद् झापाद्वारा उचित जनकारबाही गरिने उल्लेख गरिएको छ । 

जनपरिषद् झापाका प्रमुख यम गिरीले जारी गरेको विज्ञप्तिमा गौरदाह–९ का शहीद विष्णु हस्ताको परिवारले मोहियानी हकमार्फत भूपेन्द्र ढुङ्गाना एवं उनका परिवारबाट तत्कालीन जनसत्ताको रोहबरमा पीडित चादमनी हस्ताको परिवारले प्राप्त गरेको जमिन दलाल संसदीय सत्ताका मतियार र आसेपासे एवं कथित अदालत समेत प्रयोग गरी क्षतिपूर्तिसहित संरचना खाली गर्न जारी गरेको उर्दी प्रति जिल्ला जनपरिसदको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।   निशान न्युज बाट 
 



शनिबार १४, भदौ २०७६ ०२:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal