सुदुरपश्चिम प्रदेश प्रमुखको मेदान्तमा उपचार हुँदै, स्वास्थ्यमा क्रमिक सुधार

प्रदेश

Yugnepal     1131 पटक पढिएको    

सुदुरपश्चिम प्रदेश प्रमुखको मेदान्तमा उपचार हुँदै, स्वास्थ्यमा क्रमिक सुधार

सुदुरपश्चिम प्रदेश प्रमुखको मेदान्तमा उपचार हुँदै, स्वास्थ्यमा क्रमिक सुधार

एयर एम्वुलेन्सबाट मेदान्त लैजाने क्रममा मल्ल र उनका सहयोगी ओझा

नयाँदिल्ली, भारत। सुदूरपश्चिमका प्रदेश प्रमुख मोहनराज मल्लको भारतको हरियाणास्थित मेदान्त अस्पतालमा भईरहेको छ। नेपालमा उपचारकै क्रममा थप सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाव दिइएपछि प्रदेश प्रमुख मल्ललाई विहिवार एयर एम्बुलेन्स मार्फत मेदान्त लगिएको थियो।

अहिले मेदान्त अस्पतालमा डाक्टर यतिन मेहताको नेतृत्वको चिकित्सकको टोली प्रदेश प्रमुख मल्लको उपचारमा संग्लन रहेको अस्पतालबाट प्रदेश प्रमुखका प्रेस संयोजक गजेन्द्र ओझाले जानकारी दिए।चिकित्सकलाई उद्धृत गर्दै प्रदेश प्रमुख मल्लको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको समेत ओझाले बताए। 

प्रदेश प्रमुखलाई थप उपचारका लागि दिल्ली लैजान संघीय मन्त्री परिषद्को बैठकले निर्णय गरेको थियो। गत ५ गते स्वास्थ्यमा समस्या देखिएपछि सुरुमा धनगढीको निसर्ग अस्पताल भर्ना भएका मल्ललाई राती नै नेपाली सेनाको नाईट भिजन हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको थियो।

त्यसपछि मल्लको मनमोहन मेमोरियल अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भएको थियो। त्रिवि शिक्षण अस्पतालबाट भने मल्ललाई मेदान्त लगिएको हो। उनको अवस्था सुधार आउन अझ केहि दिन लाग्ने अस्पतालले जनाएको ओझाले जानकारी दिए। 



शनिबार १८, फागुन २०७५ ०८:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal