नेपालको सुदूर पश्चिम लगायतका दुई अञ्चलको चार पांच जिल्लाहरुमा गौराब्रत र पूजन को महान परम्परा प्राचीनकाल देखी चल्दै आएको छ । हालको भारतको गढवाल र कुमायू क्षेत्रमा पनि यो पर्व त्यतिकै महत्वका साथ मनाइन्छ । बर्षऋतुको भाद्र महिनामा पर्ने सप्तमी तिथीमा यो पर्वको बिशेष आयोजना गरिन्छ । पांच ओटा अनाज प्रसादको गेडागुडी भिजाउने कार्य पञ्चमी तिथी देखी नै शुरु भै हाल्छ ।विशेष गरेर मलिा समुहले मनाइने त्यसमा ब्राह्मण ठकुरी क्षत्री आदि कुलका स्त्रीहरुको अगुवाइमा यो पर्वको बिशेष महत्व पनि छ । कुनै शास्त्रीय ग्रन्थमा विशेष उल्लेख नभए पनि समाजको इतिहांस,सांस्कृती,कला,संगीत संग आवद्ध यो परम्पराले जनजागरणका साथै शक्ति संचय गरी रहेको हुन्छ । शिक्षित र अशिक्षित सवै प्रकारका नारीहरुलाई सामाजिक एकतार एक आपसमा सौहार्द भावनाको बिकास गरी रहेकोले यसको उपयोगिता आधुनिक दृष्टि राख्नेहरुका लागि पनि कमैछन । आत्मएक प्रकारको महिला शसक्तिकरण पनि हो यो पर्व । हुनत जुनसुकै अनुष्ठान गर्दा आत्मसंयम र सहयोगी भावनाको आवस्यकताको आवस्यकता पर्दछ । सम्पन्न र विपन्न परिवारले एकापसको भेदभाव बिर्सेर सदभावना र सदविचार जागृत गराउने माध्यम हो । हाम्रो गौरा पूजन पर्व । कुनै मन्दिरको सम्पर्क विना नै प्रकृती संग सम्बन्ध गास्न सिकाउन यसले पहल गर्दछ । व्यक्तिगत रुपमा शक्ति सचयको अनुष्ठान गर्न असमर्थ भएकाहरुको लागि यसको झन बढी महत्व छ ।
गौरा पूजन र तीज पर्वले समाजमा स्त्रीपुरुषहरुको सम्बन्ध प्रगाढ बनाउनु साधारण कुरा होइन । आजकाल नेपालमा पश्चिमी कालोधन बोकेर आउने गै स स हरुल हाम्रो समाजमा बिकृती ल्याउने उद्येश्यले विधवा श्रृंगार गराउने कार्य पनि नगरेका होइनन । तीजपर्बको गीत र नृत्य कार्यमा हाम्रो धर्मका संस्कारलाई अपमान गर्ने कार्य पश्चिमी साम्यवादका अनुयायीहरुले दुस्साहस गरेपनि हाम्रो परम्परा अगाडी नै बढीरहेकोछ । हाम्रो पहाडी स्थान यस्को शोभाले शोभित भईरहन्छ ।ढोलवाज अति राम्रो लाग्दछ ।
गौरावर्बमा पूजा र ब्रत उपवासको कार्य एकातिर हुन्छ भने अर्कोतर्फ स्त्री र पुरुषको छुटृाछुटृै खेल र नृत्य आयोजना हन्छ । पुरुष र स्त्री सहुह को आफ्नो गोल घेरा बनाई रामायण र महाभारत कथानकमा आधारित पवित्र चरित्र गाथाहरु लोकभाषामा पाद सञ्चालन गर्दे गाउने चलनले क्षण क्षणमा उत्साह जगायंदै जान्छ । पुरुषहरु विशेष गरी ऐतिहासिक बीर गाथाहरु चैत, धुमारी,ढुस्कोको रुपमा गाउने गर्दछन । श्रीरामचरित्र श्रीकृष्णचरित्र,शिव पार्वतीका पवित्र गाथा गीतका रुपमा गाएर हामी सबैलाई स्वस्थ मनोरञ्जन समेत प्राप्त हुन्छ ।यदपी गौरापर्बमा डेउडा पनि खेल्छन तर डेउडा चाहि गौरापर्बमा खेलिने खेल होइन । गौरामाताको पर्ब गीत चाहि माथि उल्लेखित इश्वरीय गाथा गाएर खेलिने खेल हुन । डेउडा चाहि पृथक उमंग भएर हौसिएर खेल्ने खेल हो । कतिपयले सु प माख गौरापर्ब मनाइन्छ गौरापर्बमा डेउडा खेल्दछन भन्नेहरुले गौरामाता पर्ब वारे अनबिज्ञ भएर पनि भनेको हुनुपर्छ ।
डेउडाको रुपमा खेलिने दोहोरी पनि प्रायः सबै पर्वमा खेलिने हुंदा गौरा उत्सवमा पनि आयोजना गरिनै हाल्छन । आजकाल हाम्रा यी पवित्र धरोहरको कुनै विदेशी नृत्य(डान्स)ले मुकावला गर्न सक्तैन । तिनी विदेशी नृत्यले हाम्रो परम्पराको जस्तो उत्साह र शान्तीमय भावनाको विकास गर्न सक्तैन ।त्यस्मा एक प्रकारको उन्मादीपन र कामुकता देख्न पाइन्छ ।हाम्रोमा प्रेम र शान्ती दायक परिणाम हुन्छ ।सुन्दर बस्त्रलंकारले सुसज्जित नरनारी दीदी बहिनी भाई बन्धुमा यो पंक्तिकारको शुभकामना छ । अस्तु ।
डमरु बल्लभ भण्डारी
धनगढी उप महानगरपालिका वा नं ५ हसनपुर कैलाली
प्रतिकृया दिनुहोस