कैलालीको बर्दगोरीया गाउँपालिकामा झण्डै ४४ विगाह जग्गा कब्जामा

जग्गा कब्जा

युग संवाददाता     986 पटक पढिएको    

कैलालीको बर्दगोरीया गाउँपालिकामा झण्डै ४४ विगाह जग्गा कब्जामा

 

धनगढी   कैलालीको बर्दगोरीया गाउँपालिकामा झण्डै ४४ विगाह जग्गा कब्जामा गरेको छ। विप्लव नेतृत्वको नेकपाले  बुधबार बर्दगोरिया  जनपरिषद प्रमुख अनुकुलको नेतृत्वमा उक्त जग्गामा व्यानर टाँसेर कब्जा गरेको जनाइएको छ।

तत्कालिन माओवादी द्वन्द्वका क्रममा समेत कब्जा गरिएको उक्त जग्गा फेरी विप्लव समूहले कब्जामा लिएको हो। पार्टीले स्थानीय राजेन्द्र मल्ल र वीरबहादुर मल्लको घर संगै रहेको ३५ विघा जमिन, देवबहादुर मल्लको ८ विघा जमिन र घर तथा सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंकको स्वामित्वमा रहेको १७ कठ्ठा जमिन कब्जा गरेको जनाएको छ।

दलाल र भूमाफिया मिलेर बिक्री वितरण गरिरहेकोले उक्त जग्गा कब्जा गरिएको जनाइएको पार्टीले जनाएको छ। घरजग्गामा टाँसिएको व्यानरमा सो जग्गा बिक्री वितरणमा संलग्नलाई भौतिक रुपमा कारवाही गरिने उल्लेख गरिएको छ। कैलालीका प्रहरीले सो स्थानमा प्रहरी टोली परिचालन गरिएको जनाएको छ।

केही दिन अघि मात्र कैलालीको टीकापुर नगरपालिका वडा नम्वर १ बजार क्षेत्रमा रहेको एक व्यापारीको घर पनि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको थारुवान् स्वायत्त प्रदेशले कब्जामा लिएको थियो।

थारुवान् स्वायत्त प्रदेश एरिया नम्बर १ जनपरिषद् टीकापुरले विज्ञप्ति जारी गर्दै व्यापारी रेखा कडायतको घर लगायत सम्पत्ति कब्जामा लिएको जनाएको थियो।

अवैधानिक ढंगबाट मिटर ब्याज, ढुकुटी जस्ता वित्तीय कारोवार गर्न संलग्न रहेको भन्दै सम्पत्ति कब्जामा लिएको जनपरिषद् प्रमुख विमर्शले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। कडायत टीकापुरमा सञ्चालित रेखा ब्युटीपार्लरकी सञ्चालक हुन्।



बुधबार १५, साउन २०७६ ०६:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal