भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भाद्रको अन्तिम सातामा ४ दिने भ्रमणमा नेपाल आउदै

Yugnepal     709 पटक पढिएको    

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भाद्रको अन्तिम सातामा ४ दिने भ्रमणमा नेपाल आउदै

 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौं अन्तिम साता चारदिने नेपाल भ्रमणमा आउने भएका छन् । भ्रमणको पूर्व तयारीका लागि भारतका सुरक्षाकर्मी र विदेश मन्त्रालयका कर्मचारी दुई महिनाअगावै त्यसको तयारीमा जुटेका छन् ।

उच्च सुरक्षा स्रोतका अनुसार भदौं ३१ देखि असोज ३ गते९सेप्टेम्बर १७ देखि २० तारिख० हुने उनको भ्रमणको तयारीका लागि साउनको पहिलो सातासम्म भारतीय सुरक्षाकर्मीको एक टोली नेपाल आएर फर्किएको बताइएको छ । उच्चस्तरीय भ्रमणका लागि आवश्यक सुरक्षा सुनिश्चिताको चासो राख्दै भारतीय सुरक्षाकर्मीले एक चरण नेपाली अधिकारीसँग भेट गरेका छन् । यो समाचार नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् ।

त्यस्तै पुरुषले पनि सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्न सकिने नयाँ कानुनी व्यवस्थासँगै ओखलढुंगाका ३२ जना पुरुषले जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन् ।मुलुकी देवानी कार्यविधि संहिता ऐन २०७४ मा उल्लिखित व्यवस्थाको प्रयोग गर्दै उनीहरुलेले मुद्दा दर्ता गराएका हुन् ।

जिल्ला अदालतको तथ्यांकअनुसार ओखलढुंगामा गत आर्थिक वर्षमा परेका ८० वटा मुद्दामध्ये ३२ जना पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएको स्रेस्तेदार नेत्रबन्धु पौडेलले बताए ।स्रेस्तेदार पौडेलका अनुसार मुलुकी देवानी ९संहिता० ऐन २०७४ को दफा ९४ को अधिकार प्रयोग गरी मुद्दा दर्ता भएका हुन् । यो समाचार नागरिक दैनिकमा छ ।



शुक्रबार १०, साउन २०७६ ०१:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal