“फोहर व्यवस्थापनका लागि जग्गा प्राप्त गर्न  सकेन्न धनगढी र भीमदत्त नगरपालिकारले

युग संवाददाता     1134 पटक पढिएको    

“फोहर व्यवस्थापनका लागि जग्गा प्राप्त गर्न  सकेन्न धनगढी र भीमदत्त नगरपालिकारले

“फोहर व्यवस्थापनका लागि जग्गा प्राप्त गर्न  सकेन्न धनगढी र भिमदत्त नगरपालिकारल

कैलालीको धनगढी उपमहामनगरपालिका र कञ्चनपुरको भिमदत्त नगरपालिकारले अझै पनि सकेनन् फोहर व्यवस्थापन गर्न नसकेको आयोनाले बताएको छ ।  
एशियाली विकास बैंक (एडिबी)को सहुलियतपूर्ण ऋण सहयोगमा शहरी विकास आयोजना कार्यान्वयन एकाइ धनगढीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चार तले आधुनिक शैलीको कार्यालय भवन निर्माण गर्ने भएको छ । 
    भवन निर्माणका लागि कार्यालयले डिजाइन र लागत इष्टमेट तयार गरेर एडिबीमा बजेट स्वीकृतीका लागि पठाएको छ । पहिलो चरणमा रु १४ करोडको लागतमा दुई तले भवन निर्माण गरिने आयोजना कार्यान्वयन एकाइ धनगढीका उपव्यवस्थापक श्यामलाल बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार नगरपालिका सञ्चालनका लागि आवश्यक पर्ने सबै संरचना भवनमा निर्माण गरिनेछ । भवन अत्याधुनिक शैलीको हुनेछ । 

    “शुक्लाफाँटासँगै कैलालीको गोदावरी नगरपालिकाको समेत सोहीअनुसारको भवन निर्माण हुने छ”, उहाँले भन्नुभयो । दुवै नगरपालिकमा व्यवस्थित कालोपत्रे सडक निर्माणको कार्यसमेत छिट्टै शुरु हुने उहाँको भनाइ छ । सुदूरपश्चिम प्रदेशका धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा शहरी विकास आयोजना सञ्चालनमा छ । 

    गोदावरी र शुक्लाफाँटा नगरपालिकामा आयोजना कार्यान्वयनका लागि आवश्यक डिजाइन र लागत इष्टमेटलगायतका काम भएको उपव्यवस्थापक बुढाथोकीले बताउनुभयो । “शुक्लाफाँटा र गोदावरी नगरपालिकामा काम गर्न सहज छ”, उहाँले भन्नुभयो, “फोहर व्यवस्थापनका लागि आवश्यक जग्गा प्राप्ति भएको छ ।”,
 
    धनगढी उपमहानगरपालिका र भीमदत्त नगरपालिकामा यो आयोजना कार्यान्वयन गर्न समस्या भइरहेको उहाँले बताउनुभयो । “फोहर व्यवस्थापनका लागि जग्गा प्राप्त हुन सकेको छैन । एडिबीले फोहर व्यवस्थापनलाई प्राथमिकता दिएको छ”, उहाँले भन्नुभयो । 
–––
 



शनिबार ११, फागुन २०७५ ११:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.