बाढी पहिरोका कारण देशभर ज्यान जानेको संख्या २५ पुग्यो

Yugnepal     1012 पटक पढिएको    

बाढी पहिरोका कारण देशभर ज्यान जानेको संख्या २५ पुग्यो


 रासस
काठमाडौं। अविरल वर्षापछि गएको बाढी पहिरोका कारण देशभरका विभिन्न जिल्लामा ज्यान जानेको संख्या २५ पुगेको छ। गृह मन्त्रालयबाट बिहान १० बजेसम्मको प्राप्त तथ्यांक अनुसार देशका बिभिन्न स्थानमा गरी मृत्यु हुनेको संख्या २५ पुगेको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारी अनुसार सबैभन्दा धेरै ललितपुरमा ४ जनाको ज्यान गएको छ। यसैगरी, काठमाडौं र खोटामा तीन, तीन जनाको ज्यान गएको छ। साथै भोजपुरमा दुई, सिन्धुलीमा दुई, मकवानपुरमा दुई र काभ्रेमा दुई जनाको पहिरोमा परेर मृत्यु भएको छ।

त्यस्तै, बारा, पर्सा, रामेछाप, धादिङ, ओखलढुंगा, झापा र इलाममा एक एक जनाको मृत्यु भएको केन्द्रका शाखा अधिकृत रमा घिमिरेले जानकारी दिए। आज बिहान ललितपुरको कोन्ज्योसोम गाउपालिकाको शंखु खरीडाडामा एक जनाको ज्यान गएको छ भने ३ जना बेपत्ता भएका छन।

यसैगरी बाग्मति गाउपालिकाको गिम्दीमा माटोको ढिस्कोले पुरीएर सीता राना नाम गरेकी महिलाको मृत्यु भएको गाउपालिकाले जानकारी दिएको छ। अहिलेसम्म देशका बिभिन्न स्थानबाट १५३ जनाको उद्धार गरीएको मन्त्रालयका उपसचिव तथा सह प्रबक्ता उमाकान्त अधिकारीले जानकारी दिए।

साथै बाढीका कारण ४ सय ३५ परिवार बिस्थापित भएको मन्त्रालयले जनाएको छ।

 



शनिबार २८, असार २०७६ ०९:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal